महेन्द्रनगर (धनुषा), ७ साउन । देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ ।
भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामो रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ ।
मर्मतसम्भार र उचित व्यवस्थापनको अभावमा जीर्ण बनेको जनकपुर–जयनगर रेलमार्ग तीन वर्षदेखि पूर्णरुपमा बन्द भएको थियो । बन्द भएसँगै भारत सरकारको पूर्ण सहयोगमा ब्रोडगेजमा रेल्वे निर्माण थालेको थियो ।
सन् २०१४ मा थालिएको पुनःनिर्माण सन् २०१८ को मार्चमा सम्पन्न हुने भारतीय कम्पनीले जनाएको छ । नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ । सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माणसँगै अरु काम पनि लगभग सकिन लागेको रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिनुभयो ।
उपाध्यायले अहिलेसम्म दुवैतर्फ स्टेसन, कार्यालय भवन, ट्र्याक बेड, भन्सार कार्यालय, कर्मचारीका लागि आवास गृह आदि निर्माण भइसकेको र अब अन्तिम कामका रुपमा लिक बिछ्याउने काम पनि धमाधम भइरहेको बताउनुभयो । ५१ किलोमिटर लामो यो खण्ड सञ्चालनमा आएपछि दोस्रो विश्वयुद्धभन्दा पहिले सुरु भएको नेपालको एकमात्र रेलमार्गले पुर्नजीवन पाउनेछ ।
दोस्रो चरणमा बनाउने तयारी गरिएको बिजुलपुरादेखि बर्दिवाससम्मको १८ किमी लामो नयाँ खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको मन्त्रालयले जनाएको छ । यस खण्डमा अधिग्रहण गर्नुपर्ने जग्गा यकीन गरेर रेल विभागले सार्वजनिक गरे पनि रकमको अभावमा थप काम रोकिएको छ । बिजुलपुराबाट सुरु हुने यो खण्डमा जग्गा अधिग्रहणका लागि झण्डै रु तीन अर्ब चाहिने अनुमान छ ।
सरकारले बजेट विनियोजनमा ढिलाइ गरे पनि अब थप ढिलाइ हुन नदिने रेलमार्ग अनुगमनका लागि केही दिनअघि जनकपुर पुग्नुभएका विकास समितिका सभापति रवीन्द्र अधिकारीले बताउनुभयो । रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायका अनुसार बिजुलपुरादेखि बर्दिवाससम्मको यो खण्ड पूर्व–पश्चिम रेलमार्गसँग जोडिने छ ।
बिजुलपुरादेखि बर्दिवाससम्म निर्माण गर्न लागिएको रेलको लिक जाने स्थान फेर्न स्थानीय बासिन्दाले आग्रह गर्दै आएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख भएअनुसार रेलको लिक बनाउँदा धेरै उर्वर भूमि मासिने र ठूलो मानवबस्ती उठाउनुपर्ने हुँदा स्थानीय बासिन्दाले उत्तरतर्फ सारेर रेलको लिक बनाउन माग गरेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता