लन्डन । नेपाली जनसंख्या उल्लेख्य भएको रसमोर बरोलाई प्रतिनिधित्व गर्ने क्रियाशिल नेपाली संस्था ‘ग्रेटर रसमोर नेपाली कम्युनिटी’ को अध्यक्षमा जीव बेल्वासे निर्विरोध अध्यक्ष निर्वाचित भएका छन् । शनिबार सम्पन्न कम्युनिटीको सातौं साधारण सभाले बेल्वासेलाई अध्यक्ष चुनेको हो । बेल्वासे यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
साधारण सभामार्फत वरिष्ठ उपाध्यक्षमा रामधन राई, उपाध्यक्षहरु नेम थापा र रन्जिता मल्ल, महासचिव मान गुरुङ, सचिव युवन गुरुङ, कोषाध्यक्ष टोप पल्ली, सह कोषाध्यक्ष दिपक घले, महिला संयोजक लिला सेलिङ माबो र सह सांस्कृतिक संयोजकमा सुरक्षा राना छानिएका छन् ।
त्यसैगरि, सदस्यहरुमा भक्त छेत्री, जगना गुरुङ, प्रेम गुरुङ (वेव मास्टर), हरि भट्टराई, दिल नेपाली र नगेन्द्र नेम्वाङ चुनिएको कम्युनिटीले जनाएको छ । निर्वाचन मण्डलमा अध्यक्ष एकेन्द्र गुरुङ, सचिव रोहित गुरुङ र सदस्य रत्न राई थिए ।
यसअघि भएको उद्घाटन सत्रमा वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले स्वागत मन्तव्य दिएका थिए । महासचिव रन्जिता मल्लले सञ्चालन गरेको उक्त सत्रमा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा अध्यक्ष ओमप्रसाद थापा, कोषाध्यक्ष भक्त छेत्री, महासचिव रन्जिता मल्ल र रामधन राईले बेग्ला बेग्लै प्रतिवेदन पेश गरेका थिए ।
कम्युनिटीले स्थानीय रसमोर बरोसंग सहकार्य गरि समायोजनको सवालमा विभिन्न गतिविधि गर्दै आएको छ । कम्युनिटीले गत महिनामात्र बेलायती महारानी एलिजावेथ द्वितीयको जन्मोत्सवका अवसरमा आयोजित भिक्टोरिया डेमा प्रत्यक्ष सहभागिता जनायो । उक्त अवसरमा नेपाली समुदायका तर्फबाट नौमती बाजा, नेपाली नृत्य, विभिन्न जातजाती, धर्म र संस्कृति झल्कने पहिरनसहितको नेपाली परेड आकर्षणको केन्द्र बनेको थियो ।
कम्युनिटीले स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष सहकार्य गरि नियमित भिक्टोरिया डे मनाउने भएको छ ।
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो