लन्डन । बेलायतमा नेपालीको सबैभन्दा पुरानो संस्था यति नेपलिज एसोसिएसन यूकेकी अध्यक्ष श्रीमती पिपला देवानले पदबाट अचानक राजिनामा दिएकी छिन् ।
गत मे २८, २०१६ मा मात्र अध्यक्ष पदमा निर्वाचित देवानले महासचिवलाई आइतबार एक राजिनामा पत्र लेख्दै आफ्नो राजिनामा सल्लाहकार र सदस्यहरुमाझ पुरयाइदिन आग्रह गरेकी छिन् ।
उनले राजिनामा पत्रमा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष र केही सल्लाहकारले गत वर्षको दशैं कार्यक्रम, एनआरएनए यूकेलाई भवन निर्माणका लागि दिइएको चन्दा लगायतका प्रसङग उठाइ बैठक चल्न नदिएको र बैठकमै अध्यक्ष पद छोडेमा आफूहरुले चलाउने बताएको र सोही कारण आफ्नो स्वास्थ्यमा असर परेकाले राजिनामा दिएको बताएकी छिन् । बिरामी हुनुको कारण अन्य पनि रहेको र सोही कारण नेपाली समुदायको कार्यक्रममा नहिंडेको प्रष्टिकरण उनले दिएकी छिन् ।
आफूले पदबाट राजिनामा दिएको प्रष्ट गर्दै उनले यसबारेमा थप बोल्ने नचाहेको वीनेपालीलाई बताइन् ।
राजिनामा पत्रमा उनले आफूमाथि लगाइएको ५ वटा आरोपहरुको बुंदागत प्रष्टीकरण पनि दिएकी छिन् । जसमा यतिले गत दशैँमा गरेको कार्यक्रम, सल्लाहकार चयन, एनआरएनए यूकेलाई भवन बनाउन दिइएको चन्दा लगायत छन् । उनले आफूले जिम्मेवारीपूर्ण तवरले काम गर्दागर्दै सधैं विरोधमात्र गरी काम गर्न नदिएको गम्भीर आरोप पनि लगाएकी छिन् ।
पूर्व राजा बीरेन्द्र बेलायतमा अध्ययन गर्दाताका सन् १९६० मा स्थापित यतिमा विवाद आउने गरेको यो पहिलो घट्ना भने होइन ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]