
नेकपा(माओवादी केन्द्र)को पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको केन्द्रिय कार्यालयको विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेता । तस्बिर सौजन्य ः अध्यक्ष दाहालको सचिवालय, रासस
काठमाडौँ, ५ साउन । पार्टी संगठनलाई प्रभावकारी बनाएर प्रदेश र संघीय संसद्को निर्वाचनमा जुट्न नेकपा (माओवादी केन्द्र)का नेताहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
गत सोमबारदेखि जारी माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा आज धारणा राख्ने अधिकांश नेताले विगतको गल्तीबाट पाठ सिकेर आगामी दिनमा सफलता हासिल गर्नेगरी तयारी गर्नुपर्नेमा जोड दिएका हुन् ।
स्थानीय तह निर्वाचनमा अनुभवको कमी, विपक्षी पार्टीद्वारा पैसाको अत्यधिक प्रयोग, त्यसलाई रोक्न सकिने सबल संयन्त्रको अभाव, उम्मेदवारी छनोट र निर्वाचन परिचालनमा देखिएको समस्यालगायत कारणले स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनीहरुले विगतको गल्ती सुधार गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
नेताहरुले स्थानीय तहको निर्वाचनको समीक्षा प्रतिवेदन पेश गर्दै आन्तरिक संगठन सुधार र निर्वाचन परिचालनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएका छन् ।
आजको बैठकमा नेताहरु छिमीदोर्जे लामा, कुमारी मोक्तान, कृष्णध्वज खड्का, लक्ष्मण जैसी, हरिबोल गजुरेल, सुरेन्द्रकुमार कार्की, सुरेश आले, घनश्याम यादव, हिमाल किराती, खगेन्द्र सेन, राजकुमार शर्मा, हरि दाहाल, दिनेश पन्थी, महेश्वर गहतराज, तीलक शर्मा, विश्वनाथ साह, राजकाजी गुरुङ र सूर्य सुवेदीलगायत १९ जनाले स्थानीय निर्वाचनको सम्बन्धमा आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेश गर्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
प्रवक्ता भुसालका अनुसार चुनावी समीक्षा गर्दै नेताहरुले संगठन पुनःसंरचनामा जोड दिइने र आगामी निर्वाचनको तयारीमा लाग्नुपर्ने धारणा राख्नुभएको थियो । भोलि शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरुले जवाफ दिने कार्यसूची छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता