
लण्डन । आफ्ना प्रेमी चरी उर्फ दिनेश अधिकारीको प्रहरी इन्काउन्टरमा मृत्युपछि उत्पन्न विवाद छल्न लण्डन आएकी खुश्बु ओली नेपाल फर्किएकी छिन् ।
भिजिट भिसामा युके आएकी खुश्बुले यहाँ विद्यार्थी भिसामा परिणत गर्न कोसिस गरेकी थिइन् । त्यसका लागि गरिएको विभिन्न प्रयास असफल भएपछि उनी अन्ततः नोभेम्बर ४ मा नेपाल फर्किएको स्रोतले बताएको छ ।
उनको भिसा नोभेम्बर ६ मा सकिँदै थियो ।
उनी साउथ इष्ट लण्डनको ग्रीनीचस्थित केमसिङ रोडमा आफन्तकोमा बस्दै आएकी थिइन् ।
युके आएको मौकामा खुश्बुले केटासाथी पनि बनाएकी थिइन् । स्थानीय सुपरस्टोरमा काम गर्ने कार्की थरका उनका प्रेमी भने खुश्बुको अचानक नेपाल प्रस्थानपछि मर्माहत बनेको स्रोतले बतायो । युके रहँदा खुश्बुको आवतजावत उनीसित हुन्थ्यो भने उनकै गाडीमा हिंड्ने गर्थिन् ।
सन् २००६ मा मिन टिन उपाधि जितेर मिडियामा छाएकी खुश्बु बीचमा हराएकी थिइन् ।
पूर्वप्रेमी अर्पण कोइरालासित मिलेर झापाको सुरुङ्गामा एम्बुलेन्स, फोहोर ओसार्ने टाँगा दिए पनि उनले राष्ट्रिय मिडियामा खास चर्चा बटुल्न सकेकी थिइनन् । डन चरीसितको अफेयरले भने अचानक उनलाई मिडियामा छाउन मद्दत गरेको थियो ।
चरीको मृत्युपछि दिएको अभिव्यक्तिका कारण उनी पुनः विवादमा तानिइन् ।
अहिले चरीको सम्पतिका बारेमा नेपालमा प्रहरीले छानविन गरिरहेको छ । खुश्बुको रवाफिलो लाइफ स्टाइल, घर, कार्यालय आदिका कारण खुश्बु चरीको सम्पतिको मुख्य रेखदेखकर्ता भएको आशंका छ । सोही कारण उनी विदेशिएको आँकलन गरिएको थियो ।
लण्डनमा उनी गुमनामजस्ती देखिएकी थिइन् । कसैले सोध्दा आफू खुश्बु होइन बहिनी हो भन्दै परिचय लुकाउने गरेकी थिइन् ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण