काठमाडौँ, ५ साउन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक’ ग्रहण नगर्ने हुनुभएको छ ।
अध्यक्ष दाहालको सचिवालयले आज जारी गरेको विज्ञप्तिअनुसार पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा भएकाले प्रस्तुत प्रस्तावको सम्मान गर्दै उक्त पुरस्कार नलिने निर्णय भएको हो ।
त्रिमूर्ति निकेतनले प्रधानमन्त्री भएका बेला दाहालले यस निकेतनको उचाइ बढाउनुका साथै नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान पुरयाएको भन्दै त्यसको कदरस्वरुप सम्मान र पदक प्रदान गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकामा निकेतनलाई धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गर्नुभएको प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा