काठमाडौँ, ४ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्धको विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको छ ।
न्यायाधीश चोलेन्द्रशमशेर जवरा र प्रकाश राउतको संयुक्त इजलासले आज शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतमा प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।
प्रवक्ता उपाध्यायले शर्माको मुद्दामा गम्भीर कानुनी जटिलता देखापरेको हुनाले सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको बताउनुभयो ।
शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाइ गत असार २७ गते गैरकानुनी रूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको छ ।
शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य–सचिवसमेत रहनुभएका शर्मामाथि रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो