
नेपालमा भूकम्पपछिको भग्नावशेष कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशी, जापानका वातावरण राज्यमन्त्री ताडाहिको इटोलगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ४ साउन । जापानका वातावरण राज्यमन्त्री तादाहिको इटोले नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण संसारकै प्रसिद्ध धरोहरहरू भत्केर भग्नावशेषमा परिणत भएकामा आफूलाई निक्कै दुःख लागेको बताउनुभएको छ ।
नेपालमा भूकम्पपछिको भग्नावशेष कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित रहेर आज राजधानी भएको एक अन्तरक्रिया कार्यक्रममा उहाँले नेपालका पूर्वजहरूले निर्माण गरेर गएका धरोहरहरू जथाभावी पुनःनिर्माण गर्नु उपयुक्त नभएको बरु समय लगाएरै भएपनि तिनीहरुलाई यथास्थितिमा फर्काउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
राज्यमन्त्री इटोले जापान पनि प्राकृतिक विपद्को सामना गर्दै आएको र जापानको भग्नावशेष व्यवस्थापन कार्यको अनुभव नेपालको लागि उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मानव सिर्जित विध्वंश र प्रकृति सिर्जित विध्वंशको सामना गर्दै मुलुकको पुनःनिर्माण गरेको जापानी जनताको अनुभव नेपालका लागि उपयोगी हुने बताउनुभयो ।
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपाल अहिले ‘समृद्ध नेपाल’ भन्ने अभियानमा जुटिरहेको बताउँदै यसका लागि जापानबाट सक्दो सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालमा २०७२ सालमा गएपछि राहत तथा उद्धार कार्यका लागि जापान सरकारले २७० जना विशेषज्ञलाई नेपाल पठाइ सहयोग गरेको स्मरण गराउनुभयो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटी र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव यामलाल भुषालले भूकम्पबाट क्षतिग्रस्त थुप्रै सम्पदा निर्माण गर्ने तथा भग्नावशेष पन्छाउने काम चुनौतीपूर्ण रहेको बताउनुभयो ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]