लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेकी उपाध्यक्ष तथा कवयत्री लिला सेलिङ माबोले एनआरएनए यूकेको महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सप्ताहन्त पत्रकारहरुमाझ उनले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । एनआरएनए यूकेको चुनाव आगामी सेप्टेम्बर ९ मा अल्डरसटमा हुंदैछ ।
उम्मेदवारी घोषणासंगै उनले आफूले जितेमा एनआरएनए यूके महिला फोरमको उदाहरणीय कामलाई निरन्तरता दिंदै फोरमलाई अझ सशक्त र सबल बनाउने अठोट व्यक्त गरेकी छन् । नेपाली महिलाहरुको अन्तर्राष्ट्रिय सम्वन्ध विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले बेलायतमा रहेका नेपाली ‘इथ्नीक’ महिलाहरुका समस्या स्थानीय सरकार समक्ष लगेर सम्वोधन गर्न पहल गर्ने पनि बताइन् । महिला हक हितका लागि समेत काम गर्ने उनको सोच छ ।
नेपाल छंदा शिक्षण पेशामा संलग्न माबोले एनआरएनए यूकेको च्यारिटी विभाग र किरात याक्थुङ चुम्लुङ यूकेका विभिन्न विभागमा रहेर काम गरिसकेकी छन् ।
सन् २००० अगष्टमा बेलायत आएकी माबो डेन्टल नर्स पनि हुन् । सरे युनिभर्सिटीबाट बीएस्सी अनर्स गरेकी उनी किरात याक्थुङ चुम्लुङ (कियाचु) रसमोर शाखाको संस्थापक अध्यक्ष र पांचथर समाज सेवा यूकेको उपाध्यक्ष भइसकेकी छन् ।
कियाचुको साहित्य र सांस्कृतिक विभागमा समेत काम गरेकी माबोका लिम्बु र नेपाली भाषामा कयौं साहित्यिक रचना छन् ।
उनले आफूलाई जिताउन सबैमा अपिल गरेकी छन् ।
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]