लन्डन । बेलायतस्थित एकजना उदयीमान व्यवसायी तथा सक्रिय सामाजिक अभियन्ता कृष्ण तिमल्सेनाले एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । धेरैको अड्कलबाजी अन्त्य गर्दै उनले बुधबार विभिन्न सञ्चारमाध्यममार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन् । तिमल्सेनाको घोषणासंगै अब एनआरएनए यूकेको चुनावी मैदानमा अध्यक्षका दावेदार तीन जना पुगेका छन् । हिराधन राईले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने योगकुमार फगामीले यही आइतबार औपचारिक घोषणा गर्ने कार्यक्रम छ ।
हाल यूकेबाट एनआरएनएमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य (आइसीसी मेम्बर) रहेका तिमल्सेना एनआरएनए यूकेमा सदस्य हुंदै उपाध्यक्ष भइसकेका छन् । संघमा विगत ९ वर्षदेखि उनको नेतृत्वदायी भूमिका छ । नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष समेत रहेका तिमल्सेना निस्वार्थ सामाजिक र च्यारिटी कामका कारण अधिक रुचाइएका व्यक्तित्व हुन् ।
आफ्नो उम्मेदवारी एनआरएन धनीहरुको मात्र क्लब भयो भन्ने जन गुनासो र भ्रम चिर्न केन्द्रित भएको उनले बताए । ‘म आफैं ग्रासरुटबाट आएको सामान्य किसानको छोरा हुं’, तिमल्सेनाले भने, ‘त्यसकारण सर्वसधारणलाई एनआरएन हाम्रो पनि हो भन्ने आभास दिलाउंछु ।’ नेपाल हाउस प्रोजेक्टको निरन्तरतासहित बेलायतस्थित विभिन्न संघसंस्थाहरुसंग समन्वय र सहकार्य गरि देश र समाजको हितमा आफूलाई समर्पित गराउने अठोट पनि उनको छ । ‘जहांसम्म जितको आधार हो, मैले धेरै ब्यक्ति, समुदाय र संगठनलाई परोक्ष सहयोग गरेको छु । आशा छ मलाई पर्दा उहांहरुले पनि दत्तचित्त भइ सहयोगको हात फैलाउनु हुनेछ’, उनले भनेका छन् ।
विगत १७ वर्षदेखि बेलायतमा बस्दै आएका उनी समुदायमा अति मिलनसार र सहयोगीका रुपमा चिनिन्छन् । उनले निरन्तर रुपमा आपतविपत परेका नेपालीलाई आर्थिक सहयोग र कयौंलाई रोजगारी दिएका छन् भने जन्मस्थान धादिङ धुवांकोटमा शिक्षाको विकासमा समेत उनको सहयोग छ ।
सन् २००७ मा शुरु क्रिस फुड लिमिटेडका सञ्चालक तिमल्सेनाको नेपालमा होटल, प्रोपर्टी, हाइड्रो लगायतमा लगानी छ ।
तस्विरः शिव भण्डारी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार