काठमाडौँ, ३ साउन । मुग्लिन–नारायणघाट राजपथ स्तरोन्नतिको कारण नियमित रुपमा यातायात अवरुद्ध हुँदा चितवन सौराहा क्षेत्रका होटल, रिसोर्ट लजलगायत पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उपायका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले छलफल गरेको छ ।
बैठकमा सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले मुग्लिन–नारायणघाट राजपथ आउँदो अप्रिल २०१८ सम्म पूर्णरुपमा सञ्चालनमा आउने तथा यातायातको चाप घटाउन खाली फर्कने मालवाहक ट्रकहरुलाई अन्य वैकल्पिक बाटो मात्र प्रयोग गर्ने व्यवस्था लागू गर्न लागिएको गराउनुभयो ।
बैठकमा बुद्ध एयरका प्रतिनिधिले काठमाडौं–भरतपुरबीच दैनिक ८-९ वटा र यति एयरलाइन्सले ५-६ वटा उडान गरिरहेको र आवश्यक भएमा उडान थप गर्न सकिने जानकारीका साथै बुद्ध एयरले सेप्टेम्बर १५ देखि भरतपुर–पोखराबीचको उडान थाल्ने जानकारी गराइयो ।
काठमाडौं–चितवन–पोखरा–लुम्बिनीबीचको स्तरीय राजमार्ग पर्यटन उद्योगको विकास र विस्तारका लागि आवश्यक रहेको पक्षलाई दृष्टिगत गरी पर्यटन मन्त्रालयबाट सम्बन्धित निकायहरुसँगको समन्वयमा कार्ययोजना बनाउनुपर्ने पनि बैठकमा छलफल भएको थियो ।
मुग्लिन–नारायणघाट राजमार्गको स्तरोन्नति सम्पन्न नभएसम्म वैकल्पिक राजमार्गरुहको उपयोग बढाउनु पर्ने आवश्यकतालाई मनन गरी फर्पिङ–हेटौंडा र हेटौंडा–दक्षिणकाली राजमार्गलाई एकतर्फी रुपमा सञ्चालन गर्नेलगायत कान्ति लोकमार्ग, त्रिभुवन राजपथ तथा मलेखु भण्डारा भएर जाने बाटोको उपयोग बढाउने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
होटल संघ नेपाल (हान) को पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजना भएको सो बैठकमा मन्त्रालयका उच्च अधिकारी, सडक विभाग, नागरिक उड्डयन प्राधिकरण, बुद्ध एयर, यति एयरलाइन्सलगायत निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल