काठमाडौँ, ३ साउन । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रम यही साउन १६ देखि ३२ गतेसम्म स्थानीय तहमा सञ्चालन हुने भएको छ ।
निर्वाचन आयोगको आजको बैठकले यही साउन १६ देखि ३२ गतेसम्म मुलुकका ६६९ स्थानीय तह तथा ७५ वटै जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयबाट त्यस्तो मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको हो । आयोगको पछिल्लो निर्णयअनुसार ७५ वटै जिल्ला सदरमुकामस्थित स्थानीय तहका मतदाताले भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट सो सेवा प्राप्त गर्न सक्नेछन् ।
बाह्य जिल्लामा फोटोसहितको मतदाता नामावली दर्ता र जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता आगामी निर्वाचनको मिति घोषणा नभएसम्म निरन्तर सञ्चालन हुनेछन् भने स्थानीय तहमा भने यही साउन ३२ गतेसम्म मात्र सञ्चालन हुनेछ ।
रोजगारी वा पढाइका सिलसिलामा आफू रहेको जिल्ला निर्वाचन कार्यालयबाट स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमलाई हाल कायम रहेका गाउँपालिका तथा नगरपालिका स्तरसम्म पुरयाई सुगम तथा प्रभावकारी बनाउने निर्णय भएको छ ।”
निर्वाचन आयोगको साउन १ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा मात्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने निर्णयलाई सच्याउन राजनीतिक दलले दबाब दिएका थिए । राजनीतिक दलबाट बर्खायामका बेला सदरमुकाममा पुगेर मतदाताले नाम दर्ता गर्न कठिनाइ हुने मात्र नभई समय अपुग हुने गुनासो आएको थियो ।
हाल जिल्ला निर्वाचन कार्यालयबाट मात्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था रहेको छ ।
आयोगको पछिल्लो निर्णयअनुसार बाह्य जिल्लाका मतदाताले आफू रहेको जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको नामावली दर्ता गराउन सुविधा भएको छ ।
बाह्य जिल्ला दर्ता (ओडिआर) कार्यक्रम निर्वाचनको मिति घोषणा नभएसम्मका लागि निरन्तर सञ्चालन गर्ने आयोगले जनाएको छ । साउन १६ देखि २० गतेसम्म गर्ने भनिएको मतदाता नामावली दाबी विरोध (अद्यावधिक) कार्यक्रम निर्वाचनको मिति घोषणा भएपश्चात् मात्र गर्ने गरी व्यवस्थापन गर्नेसमेत आयोगले निर्णय गरेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा