काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिने स्पष्ट पार्नुभएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनको पच्पन्नौँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले २४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा नपर्नसमेत सबैमा आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आगामी मङ्सिरभित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गरिने गृहकार्यमा सरकार जुटेको बताउँदै ‘माघ ७ भित्र सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ, निर्वाचन क्षेत्र निर्धारण आयोगको एक-दुई दिनभित्रै निक्र्यौल हुनेछ, संविधानको सर्वस्वीकार्यता बढाई देशलाई समृद्धितर्फ अघि बढाउन सबैको ध्यान जानुपर्छ’, भन्नुयो ।
‘देशको विकास निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको छ’, उहाँले भन्नुभयो – ‘देशको विकास निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका छ, स्थानीय निकायमा इञ्जिनियर लगायत सबै कर्मचारीको मनोबल उच्च बनाउन सुविधा र जिम्मेवारीको सुनिश्चितता गरिने विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री देउवाले अझै पनि भूकम्पपीडित पालमुनि बस्न बाध्य रहेको उल्लेख गर्दै उनीहरुको उचित व्यवस्थापनका लागि इञ्जिनियरलगायत सबैको सक्रियता आवश्यक छ भन्नुभयो ।
इञ्जिनियरको क्षमता अभिवृद्धिका लागि एसोसिएसनले स्टाफ कलेज निर्माणको माग गरेकोमा त्यसका लागि आफू सकारात्मक रहेको उहाँले बताउनुभयो ।
पूर्वमन्त्रीद्वय लक्ष्मण घिमिरे र गणेश साहले विज्ञान र प्रविधिको विकास गर्न कम्तीमा देशको एक प्रतिशत बजेट लगानी गरी इञ्जिनियरिङ पेशालाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले स्थानीय निकायमा इञ्जिनियरलाई खटाउँदा उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउँदै इञ्जिनियरहरु पनि पेशाप्रति मर्यादित र जिम्मेवार ढङ्गले देश निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।
सो अवसरमा एसोसिएसनले संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरणलाई उत्कृष्ट सम्मान तथा प्राधिकरणकै प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई उत्कृष्ट अर्वार्ड प्रदान गरिएको छ ।
यसैगरी इ.ईश्वरीमान प्रधानलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ भने उत्कृष्ट काम गर्ने इञ्जिनियर दामोदर आचार्य, डा सुधा श्रेष्ठ र देवेन्द्रकुमार झालाई सम्मान गरियो ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?