काठमाडौं। जर्मन सरकारले युवा वैज्ञानिक खोजका लागि प्रत्येक वर्ष प्रदान गर्ने ‘ग्रीन ट्यालेन्ट २०१४’ बाट नेपाली परिवेश प्रधान पुरस्कृत भएका छन् ।
बर्लिनमा आयोजित कार्यक्रममा जर्मनी सरकारका शिक्षा तथा अनुसन्धान मन्त्री जोहान्ना वान्काले हिमाली क्षेत्रमा गरेको वैज्ञानिक अनुसन्धानका लागि प्रधानलाई सम्मान गरिन् । यो पुरस्कारबाट विश्वका २५ युवा वैज्ञानिक पुरस्कृत भएका छन्।
हिमाली क्षेत्रका वैज्ञानिक अनुसन्धान गर्दा प्रधानसँग रहेको विषेश व्यवहारिक ज्ञानको प्रयोग गरेकामा सो अवार्ड प्रदान गरिएको हो।
सो कार्यक्रममा वान्काले ग्रीन ट्यालेन्ट कार्यक्रममा भविष्यमा विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका लागि महत्वपूर्ण हुने बताइन्।
प्रधानको अनुसन्धान जलवायु परिवर्तनको कारण हिउ तथा हिमनदी पग्लिन, त्यसको कारण हिमाली क्षेत्रमा पानीको स्तर र उपलब्धता साथसाथै प्राकृतिक विपत्ति र जोखिमको मुल्याकंनको विषयमा केन्द्रीत रहेको थियो। एक दसकअघि इन्जिनियरिङको अध्ययन पुरा गरेपछि प्रधानले एकीकृत हिमाली विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड) र राष्ट्र संघीय वातावरण कार्यक्रम (युनेप)को एशिया प्रशान्त क्षेत्रीय स्रोत केन्द्रमा काम गरेको थिए। त्यसबाट प्रधानले वातरवरण र विकासका अभ्यासको बारेमा गहिरो व्यवहारिक ज्ञान प्राप्त गरेका थिए।
एक वर्षअघि प्रधानले जुरिच विश्वविद्यालयमा फिजिकल जिओग्राफी विषयमा पोस्ट ग्य्राजुयट अध्ययन शुरु गरेका छन्।
सन् २०१० ग्रिन ट्यालेन्टका प्रतिस्पर्धामा एक सयभन्दा बढी देशबाट ८ सयबाट आवेदन परेका थिए। विज्ञहरुको निर्णायक मण्डलले दिगो विकासको क्षेत्रमा योगदान पुर्याउन सक्ने २५ जना युवा अनुसन्धानकर्तालाई पुरस्कृत गरेको हो । सन् २००९ देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]