लन्डन । बेलायतमा रहेका ठूला प्रकाशन गृहसंग सम्पर्क गरि नेपाली साहित्यलाई अंग्रेजी पाठकमाझ पुरयाउन पहल गरिने भएको छ ।
बेलायतमा रहेका अधिकांश नेपाली साहित्यिक संस्थाका प्रतिनिधि सम्मिलित साझा बेलायत साहित्यिक मञ्चले अनुवाद साहित्यलाई बेलायती बजारमा ल्याउन पहल गर्न साहित्यकार गोपी सापकोटाको अगुवाइमा कार्यदल गठन गरेको छ ।
नेपालको साझा प्रकाशन बचाउने अभिप्रायले बेलायतमा स्थापना भएको साझा बेलायत साहित्यिक मञ्चले आगामी अप्रिल २१ तारिख साझा पुस्तकहरुको वृहत प्रदर्शनी सहित साहित्यिक सन्ध्या साथै च्यारिटी कार्यक्रम गर्ने भएको छ । लन्डनमा आइतबार मञ्चका संयोजक विकलचन्द्र आचार्यको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको हो । मञ्चले साझा प्रकाशनबाट प्रकाशित एक लाख रुपैयां बराबरका कृतिहरु किनेर साझालाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
मञ्चका सदस्यहरु जयालक्ष्मी राई, कृष्ण बजगाईं र बासु शर्माले साझा प्रकाशनका लागि आफ्ना तर्फबाट सक्दो सहयोग हुने बताए ।
पछिल्लो समय बेलायतको नेपाली डायस्पोरा नेपाली साहित्यका लागि उर्वरभूमि बन्दै गएको छ । गत मार्चमा मात्र यहां बेलायतका १६४ जना श्रष्टाद्वारा रचित कविता संग्रह प्रकाशित भएको थियो ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा