लन्डन । बेलायतमा रहेका ठूला प्रकाशन गृहसंग सम्पर्क गरि नेपाली साहित्यलाई अंग्रेजी पाठकमाझ पुरयाउन पहल गरिने भएको छ ।
बेलायतमा रहेका अधिकांश नेपाली साहित्यिक संस्थाका प्रतिनिधि सम्मिलित साझा बेलायत साहित्यिक मञ्चले अनुवाद साहित्यलाई बेलायती बजारमा ल्याउन पहल गर्न साहित्यकार गोपी सापकोटाको अगुवाइमा कार्यदल गठन गरेको छ ।
नेपालको साझा प्रकाशन बचाउने अभिप्रायले बेलायतमा स्थापना भएको साझा बेलायत साहित्यिक मञ्चले आगामी अप्रिल २१ तारिख साझा पुस्तकहरुको वृहत प्रदर्शनी सहित साहित्यिक सन्ध्या साथै च्यारिटी कार्यक्रम गर्ने भएको छ । लन्डनमा आइतबार मञ्चका संयोजक विकलचन्द्र आचार्यको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको हो । मञ्चले साझा प्रकाशनबाट प्रकाशित एक लाख रुपैयां बराबरका कृतिहरु किनेर साझालाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
मञ्चका सदस्यहरु जयालक्ष्मी राई, कृष्ण बजगाईं र बासु शर्माले साझा प्रकाशनका लागि आफ्ना तर्फबाट सक्दो सहयोग हुने बताए ।
पछिल्लो समय बेलायतको नेपाली डायस्पोरा नेपाली साहित्यका लागि उर्वरभूमि बन्दै गएको छ । गत मार्चमा मात्र यहां बेलायतका १६४ जना श्रष्टाद्वारा रचित कविता संग्रह प्रकाशित भएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार