लन्डन । चितवन एड ट्रष्ट (क्याट) यूकेको आइतबार लन्डनमा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले देवेन्द्र श्रेष्ठको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । अन्तिम सम्मको सहमति प्रयास विफल भएपछि गरिएको निर्वाचनमा श्रेष्ठले रितेश पाण्डेलाई पराजित गरेका हुन् । निर्वाचनकै माध्यमबाट उपाध्यक्षमा यादव श्रेष्ठ, जीवन सेन र भगवती रानाभाट निर्वाचित भएका छन् । उपाध्यक्षमा ५ जनाबीचको चुनावी भिडन्तमा राम भट्टराई र समिर खनाल पराजित भए ।
नयां कार्यसमितिको महासचिवमा राजेन्द्र सुबेदी, सचिव शालिक सापकोटा, कोषाध्यक्ष रमेशकुमार श्रेष्ठ र सह कोषाध्यक्षमा दिपेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा राजु आचार्य, शिब भण्डारी, मदनकुमार श्रेष्ठ, भिम सापकोटा, तारा अर्याल, उपेन्द्र पौडेल, आनन्द धरेल, पार्वती न्यौपाने, सूर्य तामाङ, विकास सापकोटा, रघु दाहाल निर्वाचित भए ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक कपिल श्रेष्ठले शपथ ग्रहण गराएका थिए ।
यसअघि अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण र अतिथीहरु एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, आइसीसी सदस्य सोम सापकोटा लगायतले शुभकामना दिएका थिए । महासचिव यादव श्रेष्ठले संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा लोकप्रिय गायक आनन्द कार्की, चितवनकै नव गायिका ममता गुरुङ र संगीतकार शिखर सन्तोषले गायन प्रस्तुत गरेका थिए ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार