
राजधानीमा शुक्रबार आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको पच्चिसौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दलबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने बताउनुभएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले व्यवसायीबाट निःशुल्क प्रवेशाज्ञाको व्यवस्था पुनरावलोकनको माग आएकाले सो विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो – तपाईंहरु विदेशमा कामदार पठाउने मात्रै होइन, उनीहरुको आर्थिक, भौतिक सुरक्षामा समेत ध्यान दिनुहोस् ।
प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले गरेको योगदान महत्वपूर्ण रहेको पनि बताउनुभयो ।
श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले ‘निःशल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था आकर्षक र प्रभावकारी भए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो ।
निःशुल्क व्यवस्थाको उचित लाभ कामदारले पाउन नसकेको उल्लेख गर्दै राजनीतिक दल, मजदुर संगठन र व्यवसायीसँगको छलफलबाट यो व्यवस्था पुनरवलोकनका लागि पहल गरिने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले अबको १० वर्षमा नेपालको मानवअधिकारको प्रमुख विषय वैदेशिक रोजगारी हुने टिप्पणी गर्नुभयो ।
सङ्घको नयाँ नेतृत्वका लागि आज हुने मतदानका लागि विमल ढकाल र रोहन गुरुङ नेतृत्वका दुई समूहको उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमबाट विमल ढकाल नेतृत्वको संयुक्त व्यवसायी समूह तथा नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले निर्वाचनमा भाग लिँदैछन् ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]