लन्डन । बेलायती विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिने विद्यार्थी संख्या घटेको छ । गत वर्षको तुलनामा यसपटक २५ हजार आवेदन (४ प्रतिशत) घटेको भर्ना लिने एउटा निकाय यूकासको तथ्यांकले देखाएको हो ।
बेलायतमा नर्सिङ पढ्न आउने विद्यार्थीको दर १९ प्रतिशतले घटेको छ । इंग्ल्याण्डमा सन् २०१२ मा विश्वविद्यालयको शुल्क बढाइएपछि पहिलोपटक यसरी विद्यार्थीका आवेदन घटेको बीबीसीले जनाएको छ । यसैवर्षदेखि इंग्ल्याण्डमा शुल्क बढाएर वार्षिक ९ हजार २ सय ५० पाउण्ड पुरयाइंदैछ भने आउंदो अटम सिजनबाट विद्यार्थीले लिएका ऋणको ब्याज ४ दशमलव ६ प्रतिशतबाट ६ दशमलव १ प्रतिशत वृद्धि गर्ने तयारी छ । युरोपेली युनियन (ईयू) देशबाट अध्ययनका लागि आउने विद्यार्थी पनि ५ प्रतिशतले घटेका छन् ।
यूकासको तथ्यांकमा बेलायतका चार राज्यमध्ये इंग्ल्याण्डमा गत वर्षको तुलनामा ५ प्रतिशत कम (४ लाख ३७ हजार ८६० आवेदन), स्कटल्याण्डमा १ प्रतिशत थोरै (४८ हजार ९४०), वेल्समा ५ प्रतिशत कम (२२ हजार ५३०) र उत्तरी आयरल्याण्डमा ४ प्रतिशत न्यून (२० हजार २९० आवेदन) परेको छ । यद्यपि, युरोपेली युनियन देशबाहेकका ओभरसिज विद्यार्थीको संख्या भने दुई प्रतिशतले बढेको देखिएको छ ।
विश्वविद्यालय विज्ञहरुले आवेदन घट्नुका पछाडि केही कारण औंल्याएका छन् । उनीहरुका भनाइमा बेलायत युरोपियन युनियन (ईयू) बाट छुट्टिने प्रक्रियामा रहनु, शुल्क वृद्धि र ट्रेनी नर्स अनि मिडवाइफहरुको फण्डिङमा परिवर्तन गरिनु आदि प्रमुख कारक हुन् । यही अगष्ट १ बाट नर्सिङ, मिडवाइफ्री र स्वास्थ्य विषयका नयां विद्यार्थीले एनएचएस ग्रान्ट नपाउने भएका छन् । बरु उनीहरुले अन्य विद्यार्थी जस्तै ऋण लिन भने सक्ने बताइएको छ ।
यूनिभर्सिटीज् यूकेकी अध्यक्ष डेमी जुलिया गुडफेलोले विश्वविद्यालयहरुले यसमा सम्वोधन गर्नुपर्ने विषय पहिचान गरेको बताइन् । उनले युरोपेली विद्यार्थीलाई स्वागत गर्दै बेलायती शिक्षा प्रणालीको महत्व बुझाउन जरुरी रहेको समेत बताइन् ।
२४ वटा बेलायती विश्वविद्यालयलाई प्रतिनिधित्व गर्ने रसेल ग्रुपको हेड अफ पोलिसी सारा स्टेभेन्सका भनाइमा ब्रेक्जिट (बेलायत ईयूबाट बहिर्गमन) को अन्योलका कारण विद्यार्थी घटेका हुन् भने त्यो चासोको विषय छ । यद्यपि, अन्तर्राष्ट्रिय विद्यार्थी संख्या थोरै भएपनि बढ्नु उनका दृष्टिकोणमा सकारात्मक पक्ष हो । ‘अन्तर्राष्ट्रिय विद्यार्थीले हाम्रा कलेजहरुमा सामाजिक तथा सांस्कृतिक विविधता ल्याएका छन् र यसबाट सबै विद्यार्थी लाभान्वित छन्’, साराले भनिन्, ‘ति विद्यार्थीले बेलायतको अर्थतन्त्रमा समेत २५ दशमलव ८ बिलियन पाउण्ड योगदान गरेका छन् ।’
मिलियन प्लसका प्रमुख कार्यकारी पाम टयाटलोले नयां तथ्यांक सुःखद संकेत नभएको बताए । उनले ब्रेक्जिटमा बेलायत सरकारको भूमिकाले बर्बादी र बेलायती विश्वविद्यालय तथा युरोपियन विद्यार्थी दुबैमा अन्योल थपेको दावी गरे ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे