
प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, पूर्व प्रधानमन्त्रीहरुलगायत ‘जनता टेलिभिजन’ को उद्घाटन कार्यक्रममा बिहीबार सहभागी हुँदै । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, २९ असार । नयाँ श्रव्यदृष्य विद्युतीय माध्यम ‘जनता टेलिभिजन’को आज यहाँ शुभारम्भ गरिएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सो टेलिभिजनको आज यहाँ शुभारम्भ गर्दै सत्यतथ्यमा आधारित भएर आलोचना गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । “मिडियाले राजनीतिकर्मीलाई गाली गर्नु, आलोचना गर्नुलाई मैले सकारात्मक रूपमा नै लिएको छु, तर सत्यतथ्यमा आधारित आलोचना होस्, समाचार पनि सत्यतथ्य होस्”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।
आगामी असोज २ गते २ नं प्रदेशको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका साथै माघ ७ भित्र प्रदेश र सङ्घको समेत निर्वाचन गर्ने सरकारको योजना रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
कार्यक्रममा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पछिल्लो पटक आमसञ्चारमाध्यमको गुणात्मकभन्दा पनि सङ्ख्यात्मक वृद्धि भइरहेका असन्तोष व्यक्त गर्दै यसको गुणात्मक वृद्धिमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पछिल्लो पटक सञ्चारमाध्यमले जनताका विषयभन्दा पनि बढी मात्रामा राजनीतिक समाचारलाई महत्व दिएकामा असन्तोष व्यक्त गर्नुभयो ।
‘जनता टेलिभिजन’ का अध्यक्ष डा विजयकुमार पौडेलले जनताको लगानीमा जनताका लागि सञ्चालित आफ्नो टेलिभिजनले जनताकै विषयलाई बढी महत्वका साथ प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विसं २०७४ वैशाख २० गतेदेखि परीक्षण प्रसारण सुरू गरेको सो टेलिभिजनले आजदेखि नियमित प्रसारण सुरू गरेको हो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा