
मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित आफ्नो कार्यकक्षमा पद बहाली गर्दै । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, २९ असार । सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो ।
विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश गर्नुभएको हो । उहाँको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म मात्र रहनेछ ।
मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्ड र जापान सरकारबाट प्राप्त हुने अनुदान सहायतालाई स्वीकार गर्ने निर्णयसमेत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
फिनल्याण्ड सरकारबाट करिब रु दुई अर्ब ३६ करोड र जापान सरकारबाट करिब रु २७ करोड ४७ लाख प्राप्त हुने मन्त्री कार्कीले बताउनुभयो । त्यसैगरी सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी वार्षिक बैठक एसिया प्यासिफिक ग्रुप अन एन्टी मनि लन्र्डिङ (एपिजी) सँग समन्वय गरी आगामी सन् २०१८ वा २०१९ मा (एपिजी) को बैठक नेपालले आयोजना गर्ने निर्णय गरिएको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा