
मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित आफ्नो कार्यकक्षमा पद बहाली गर्दै । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, २९ असार । सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो ।
विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश गर्नुभएको हो । उहाँको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म मात्र रहनेछ ।
मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्ड र जापान सरकारबाट प्राप्त हुने अनुदान सहायतालाई स्वीकार गर्ने निर्णयसमेत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
फिनल्याण्ड सरकारबाट करिब रु दुई अर्ब ३६ करोड र जापान सरकारबाट करिब रु २७ करोड ४७ लाख प्राप्त हुने मन्त्री कार्कीले बताउनुभयो । त्यसैगरी सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी वार्षिक बैठक एसिया प्यासिफिक ग्रुप अन एन्टी मनि लन्र्डिङ (एपिजी) सँग समन्वय गरी आगामी सन् २०१८ वा २०१९ मा (एपिजी) को बैठक नेपालले आयोजना गर्ने निर्णय गरिएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा