
लन्डन । बेलायतका युवा युवतीबीच गर्न लागिएको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ -२०१७’ को अडिसन आगामी २० जुलाइमा हुने भएको छ ।
सपन इन्टरटेन्मेन्ट लिमिटेडले गर्न लागेको दोश्रो यूके डान्स अफमा आवेदन दिएका २० जनाबीच अडिसन गर्न लागिएको हो । द प्यालेस अल्डरसटमा अडिसन हुने आयोजक सपनकुमार राईले जानकारी दिए । १० जुलाइसम्म समयसीमा दिइएकामा २० जनाको आवेदन परेको हो ।
अडिसनमा प्रतियोगीले एउटा नाच देखाउनुपर्नेछ । फाइनल प्रतियोगिता भने ३० जुलाइमा प्रिन्सेस हल अल्डरसटमा हुने कार्यक्रम छ । उक्त प्रतियोगिताको मुख्य निर्णायक र कोरियोग्राफर रिनासा बान्तवा राई हुनेछिन् ।
१६ वर्ष देखि माथिको उमेर समूहका महिला पुरुष दुवैले एकल र ग्रुपमा नाच देखाउन सक्ने राईले बताए । विजेताले आकर्षक पुरस्कार पाउनेछन् । पहिलो हुने विजेताले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५०० पाउण्ड पाउने राईले जनाए ।
गत वर्ष जेनी सुनुवार यूके डान्स अफ भएकी थिइन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार