
लन्डन । बेलायतका युवा युवतीबीच गर्न लागिएको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ -२०१७’ को अडिसन आगामी २० जुलाइमा हुने भएको छ ।
सपन इन्टरटेन्मेन्ट लिमिटेडले गर्न लागेको दोश्रो यूके डान्स अफमा आवेदन दिएका २० जनाबीच अडिसन गर्न लागिएको हो । द प्यालेस अल्डरसटमा अडिसन हुने आयोजक सपनकुमार राईले जानकारी दिए । १० जुलाइसम्म समयसीमा दिइएकामा २० जनाको आवेदन परेको हो ।
अडिसनमा प्रतियोगीले एउटा नाच देखाउनुपर्नेछ । फाइनल प्रतियोगिता भने ३० जुलाइमा प्रिन्सेस हल अल्डरसटमा हुने कार्यक्रम छ । उक्त प्रतियोगिताको मुख्य निर्णायक र कोरियोग्राफर रिनासा बान्तवा राई हुनेछिन् ।
१६ वर्ष देखि माथिको उमेर समूहका महिला पुरुष दुवैले एकल र ग्रुपमा नाच देखाउन सक्ने राईले बताए । विजेताले आकर्षक पुरस्कार पाउनेछन् । पहिलो हुने विजेताले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५०० पाउण्ड पाउने राईले जनाए ।
गत वर्ष जेनी सुनुवार यूके डान्स अफ भएकी थिइन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ