लन्डन । बेलायतस्थित नेपालीको च्यारिटेबल संस्था नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी यूके) ले हालै नेपालको सप्तरी जिल्लामा आएको बाढीबाट पीडितहरुका लागि राहत सहयोग संकलन शुरु गरेको छ । केही दिन देखि लगातार भारी वर्षाका कारण आएको बाढीले सप्तरीका केही गाउं डुवानमा परि त्यहांको जन जीवन प्रभावित भएको छ । जनधनको क्षति, अत्यन्त कष्टकर जीवन, खाना, लत्ताकपडा देखि बस्ने घरसम्म बाढीले बगाएपछि स्थानीय वासिन्दा विपतमा परेको खबर आएसंगै एनबीसीले उक्त अभियान थालेको हो ।
एनबीसी यूके अध्यक्ष मिलन घिमिरेका अनुसार हालसम्म यस अभियानबाट करिब २ लाख रुपैयां संकलन भएको छ र यसलाई १५ जुलाईसम्म मात्र सञ्चालन गरिनेछ । संस्थाले भाइबर ग्रुपमार्फत सहयोग संकलन गरिरहेको छ । प्राकृतिक विपत्तिमा सघाउन संस्थाले बेलायतवासी समस्त नेपालीमा अपिल समेत गरेको छ ।
सहयोग गर्न चाहनेका लागि संस्थाको बैंक विवरण निम्न छः
बेलायतमा क्रियाशील यस संस्थाले विगतमा पनि भूकम्प र अग्नी पीडितलाई सहयोग प्रदान गर्नुका साथै विभिन्न सामाजिक, सांस्कृतिक, मनोरन्जनात्मक, खेलकुद लगायत क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ ।
यसैबीच, संस्थाले आगामी २२ जुलाई शनिबार मनोरन्जनात्मक कार्यक्रम अन्तर्गत ‘सि-साइड ट्रिप’ र जुलाई २३ आइतबार ‘गेट फिट, हयाभ फन, सेभ लाइभ्स’ भन्ने नाराका साथ ग्रीनफोर्डको पेरिभेल एथलेटिक ट्रयाकमा हेल्पिंग यू संस्थाको सहकार्यमा नेपलिज एथलेटिक्स कार्यक्रम गर्ने तयारी गरेको छ । ति दुबै कार्यक्रममा सहभागिताका लागि संस्थाको निम्तो छ ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु