लन्डन । बेलायतस्थित नेपालीको च्यारिटेबल संस्था नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी यूके) ले हालै नेपालको सप्तरी जिल्लामा आएको बाढीबाट पीडितहरुका लागि राहत सहयोग संकलन शुरु गरेको छ । केही दिन देखि लगातार भारी वर्षाका कारण आएको बाढीले सप्तरीका केही गाउं डुवानमा परि त्यहांको जन जीवन प्रभावित भएको छ । जनधनको क्षति, अत्यन्त कष्टकर जीवन, खाना, लत्ताकपडा देखि बस्ने घरसम्म बाढीले बगाएपछि स्थानीय वासिन्दा विपतमा परेको खबर आएसंगै एनबीसीले उक्त अभियान थालेको हो ।
एनबीसी यूके अध्यक्ष मिलन घिमिरेका अनुसार हालसम्म यस अभियानबाट करिब २ लाख रुपैयां संकलन भएको छ र यसलाई १५ जुलाईसम्म मात्र सञ्चालन गरिनेछ । संस्थाले भाइबर ग्रुपमार्फत सहयोग संकलन गरिरहेको छ । प्राकृतिक विपत्तिमा सघाउन संस्थाले बेलायतवासी समस्त नेपालीमा अपिल समेत गरेको छ ।
सहयोग गर्न चाहनेका लागि संस्थाको बैंक विवरण निम्न छः
बेलायतमा क्रियाशील यस संस्थाले विगतमा पनि भूकम्प र अग्नी पीडितलाई सहयोग प्रदान गर्नुका साथै विभिन्न सामाजिक, सांस्कृतिक, मनोरन्जनात्मक, खेलकुद लगायत क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ ।
यसैबीच, संस्थाले आगामी २२ जुलाई शनिबार मनोरन्जनात्मक कार्यक्रम अन्तर्गत ‘सि-साइड ट्रिप’ र जुलाई २३ आइतबार ‘गेट फिट, हयाभ फन, सेभ लाइभ्स’ भन्ने नाराका साथ ग्रीनफोर्डको पेरिभेल एथलेटिक ट्रयाकमा हेल्पिंग यू संस्थाको सहकार्यमा नेपलिज एथलेटिक्स कार्यक्रम गर्ने तयारी गरेको छ । ति दुबै कार्यक्रममा सहभागिताका लागि संस्थाको निम्तो छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार