
लन्डन । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डका हेड अफ स्ट्रेटेजी विक्रम बनेर्जीको प्रमुख आतिथ्यमा बेलायतमा दोश्रो ‘पोखरा कप टि टवान्टी क्रिकेट प्रतियोगिता’ तयारी भएको छ । पोखरेली मञ्च यूकेले उक्त प्रतियोगिता गर्न लागेको हो । ८ टिम सहभागी हुने प्रतियोगिता रेडिङ क्रिकेट क्लव परिसरमा हुने छ ।
नेपाली युवा क्रिकेटरहरुलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिए । नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनुका साथै युवाहरूको शारीरिक, बौद्धिक, अनुशासन, मैत्री सम्बन्ध र समुदायसंग समायोजनमा खेलकुद महत्वपूर्ण भूमिका रहने भएकाले अन्तर्राष्ट्रिय मैत्री दिवसका अवसरमा प्रतियोगिता गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।
उक्त दिन बीबीक्यूसहित विभिन्न कार्यक्रम गरिनेछ । मञ्चले कार्यक्रममा उपस्थित भएर हौसला प्रदान गरिदिन खेलप्रेमीमा सबैमा अनुरोध गरेको छ ।
प्रतियोगितामा निम्न टिम सहभागी हुनेछन्ः
1.Himalayan Cricket Club
2.QEGL Army Team Aldershot
3.Nava Yuba Team
4.FrenzCricket Team
5.Ramailo Cricket Team (RCT)
6.MBZ Team
7.Signal Cricket Club
8.Bramcote Station Cricket Club
यसैबीच, मञ्चले आगामी १९ अगष्ट शनिबार ‘हाइक फर नेपाल इन यूके’ (नेपालका लागि संगसंगै पाइला चालौं) नामक च्यारिटी पदयात्रा गर्ने भएको छ । वी वील राइज फाउण्डेशनको सहयोगार्थ कार्यक्रम गर्न लागिएको मञ्चले जनाएको छ । ब्रेकन नेशनल ट्रष्टमा भेला भएर करिब ४ माइल (६.४ किमी) दुरीको पदयात्रा कार्यक्रम तय गरिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार