
लन्डन । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डका हेड अफ स्ट्रेटेजी विक्रम बनेर्जीको प्रमुख आतिथ्यमा बेलायतमा दोश्रो ‘पोखरा कप टि टवान्टी क्रिकेट प्रतियोगिता’ तयारी भएको छ । पोखरेली मञ्च यूकेले उक्त प्रतियोगिता गर्न लागेको हो । ८ टिम सहभागी हुने प्रतियोगिता रेडिङ क्रिकेट क्लव परिसरमा हुने छ ।
नेपाली युवा क्रिकेटरहरुलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिए । नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनुका साथै युवाहरूको शारीरिक, बौद्धिक, अनुशासन, मैत्री सम्बन्ध र समुदायसंग समायोजनमा खेलकुद महत्वपूर्ण भूमिका रहने भएकाले अन्तर्राष्ट्रिय मैत्री दिवसका अवसरमा प्रतियोगिता गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।
उक्त दिन बीबीक्यूसहित विभिन्न कार्यक्रम गरिनेछ । मञ्चले कार्यक्रममा उपस्थित भएर हौसला प्रदान गरिदिन खेलप्रेमीमा सबैमा अनुरोध गरेको छ ।
प्रतियोगितामा निम्न टिम सहभागी हुनेछन्ः
1.Himalayan Cricket Club
2.QEGL Army Team Aldershot
3.Nava Yuba Team
4.FrenzCricket Team
5.Ramailo Cricket Team (RCT)
6.MBZ Team
7.Signal Cricket Club
8.Bramcote Station Cricket Club
यसैबीच, मञ्चले आगामी १९ अगष्ट शनिबार ‘हाइक फर नेपाल इन यूके’ (नेपालका लागि संगसंगै पाइला चालौं) नामक च्यारिटी पदयात्रा गर्ने भएको छ । वी वील राइज फाउण्डेशनको सहयोगार्थ कार्यक्रम गर्न लागिएको मञ्चले जनाएको छ । ब्रेकन नेशनल ट्रष्टमा भेला भएर करिब ४ माइल (६.४ किमी) दुरीको पदयात्रा कार्यक्रम तय गरिएको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा