ब्राटिस्लाभ (आयरल्याण्ड), २४ असार । ब्रेक्जिटपछिको अवस्थामा आयरल्याण्डले बेलायतसँगको आफ्नो सिमाना खुल्ला राख्ने चाहना व्यक्त गरेको छ । बेलायतले युरोपेली सङ्घबाट बाहिरिने जनमत प्राप्त गरेपछि आयरल्याण्डको सो भनाइ आएको छ ।
यद्यपी बेलायत युरोपेली सङ्घबाट औपचारिक रुपमा बाहिरी सकेको भने छैन, यो प्रक्रियामा नै छ ।
आयरल्याण्डका विदेश मन्त्री सिमोन कोभेनीले स्लोभाकियाका समकक्षी मिरोस्लाभ लजाकसँगको शुक्रबार भएको छलफलका क्रममा सिमाना खुल्ला राख्ने चाहना व्यक्त गर्नुभएको हो ।
‘बेलायत र आयरल्याण्डको सिमा नाका खुल्ला गरेर आर्थिक र ब्रेक्जिटको क्षेत्र स्थापित हुनेछ भन्ने हामीलाई विश्वास छ’, कोभोनीले जोड दिनुभयो । लजाकले ब्रेक्जिट बारेको आयरल्याण्डको धारणाप्रति आभार व्यक्त गर्नु भएको छ ।
‘आयरल्याण्ड र स्लोभाकियाबीच धेरै कुरा साझा छन् । हामी तुलनात्मक रुपमा अरु भन्दा धेरै साना पनि छौं, हामी एक आपसमा मिलेर समस्याको समाधान निकाल्नु पर्दछ र त्यसलाई उपलब्धिमुलक बनाउनु पर्दछ, हामी तुलनात्मक रुपमा हाम्रा धेरै विषयमा गम्भीर छौं, युरोपेली सङ्घ र विश्वले सामना गरिरहेको चुनौतीका बारेमा हाम्रो समान धारणा रहेको छ’, लजाकले भन्नुभयो ।
स्लोभाकियाका विदेश मन्त्रीले दुई देशबीचको राजनीतिक सम्बादलाई निरन्तरता दिने सहमति पनि भएको बताउनुभयो । साथै अनुसन्धान, विकास, सिपमुलक शिक्षा लगायतका विषयमा पनि दूई देशले सहकार्य गर्ने भएका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार