लन्डन । एनआरएनए यूकेका पदाधिकारीहरु संस्थाको विधान विपरित एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च यूके नेतृत्वमा पुगेका छन् ।
गत आइतबार लन्डनमा सम्पन्न प्रवासी नेपाली मञ्च यूकेको चौंथो अधिवेशनमार्फत बिना राजिनामा मञ्चको नेतृत्व सम्हाल्न पुग्नेहरुमा एनआरएनए यूकेका उपाध्यक्ष दासु पाण्डे, महासचिव विजय विक्रम लिंग्देन, सचिव कृष्ण तिवारी, महिला संयोजक सुशिला राई र युवा संयोजक हरि आचार्य छन् । पाण्डे, लिंग्देन, तिवारी, राई र आचार्य क्रमशः सचिव, महासचिव, तिवारी सदस्य, राई सदस्य र आचार्य सदस्य छन् ।
एनआरएनएको केन्द्रिय विधानले कुनै राजनीतिक, जातीय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको प्रमाण संघमा पेश गर्नुपर्ने व्यवस्था छ । निर्वाचन भएपछि पनि नियमावलीमा उल्लेखित पदहरु ग्रहण गरेको प्रमाणित भएमा अनुशासन समितिको सिफारिसमा निजलाई पदमुक्त हुने व्यवस्था छ ।
एनआरएनए यूके अध्यक्ष मूछेत्र गुरुङले आफूलाई कुनै पनि पदाधिकारीले राजिनामा दिएको वा सोधेको थाहा नभएको बताए ।
एनआरएनए विधान संशोधन सुझाव समितिका संयोजक डा. हेमराज शर्माका अनुसार, यो गलत अभ्यास हो । ति पदाधिकारीले नैतिक रुपमा राजिनामा दिनुपर्छ । ‘संघको आचार संहिताले आइसीसी र एनसीसीका कुनै पनि सदस्यहरुले आफ्नो कार्यकाल भरि राजनीतिक संगठनमा संलग्न हुन निषेध गरेको छ’, शर्माले भने । शर्माले संघको विधान कार्यान्वयन पक्ष फितलो भएकाले यस्तो प्रवृत्ति दोहोरिरहेको बताए ।
मञ्चमा महासचिव निर्वाचित लिंग्देनले आफूले एनआरएनए यूकेमा राजिनामा नदिएको स्वीकार गर्दै यसबारे साथीहरुबीच छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]