लन्डन । एनआरएनए यूके प्रवक्ता खुशी लिम्बुले आगामी सेप्टेम्बर ९ मा हुन लागेको संघको निर्वाचनमा महासचिवको उम्मेदवारी दिने भएका छन् । आइतबार सञ्चारकर्मीहरुमाझ उनले उम्मेदवारी दिने घोषणा गरे । कुनै गुट उपगुट नभइ व्यक्तिगत रुपमा चुनाव लड्ने दावी उनको छ । आगामी अगष्ट ७ सम्म सदस्यता लिने समयसीमाबीच लिम्बुले हाल सदस्यता विस्तार तीव्र बनाइरहेको बताए ।
१२ बुंदे घोषणापत्र सार्वजनिक गर्दै लिम्बुले नेपाल हाउस प्रोजेक्टको निरन्तरता, एनआरएनए यूके इयर अवार्ड स्थापना, क्षेत्रीय समिति गठन, दूतावासको सहकार्यमा नेपाल र बेलायत प्रत्यक्ष हवाई उडान सेवा पुनस्थापना आदि महत्वाकांक्षी योजना सारेका छन् ।
लिम्बुका दर्जन एजेन्डाः
१. अग्रजहरुले शुरुवात गरेको र वर्तमान कार्यसमितिले निश्चित उचाईंमा पुरयाएको बेलायतमा नेपाल हाउस परियोजनालाई आगामी दुई वर्षको कार्यकालमा एउटा तार्किक चरणसम्म पुरयाउनेछु ।
२. एनआरएनए यूकेलाई बेलायतका नेपालीहरुबीच बढि जिम्मेवारी बनाउन च्यारिटी र मानव कल्याणका कार्यहरुमध्ये न्यूनतम ४० प्रतिशत कामहरु बेलायतमुखी बनाउनेछु ।
३. प्रवक्ता हुंदा सम्हालेको प्रेस विभाग र च्यारिटी विभाग लगायत गैर आवासीय नेपाली संघ बेलायतका अन्य विभागहरुलाई बढि जिम्मेवार र सक्रिय बनाउनेछु ।
४. गैर आवासीय नेपाली संघ बेलायतमा युवा, महिला, गोर्खा र जनजाति लगायत विभिन्न उपसमुदाय, तह र तप्काका नेपालीहरुको एनआरएनए यूकेमा सहभागिता अभिवृद्धि गर्न विभिन्न विद्यामा एनआरएनए वर्ष पुरस्कार (एनआरएनए यूके इयर अवार्ड) स्थापना गर्नेछु ।
५. वान एनसीसी वान प्रोजेक्ट लगायत संघले नेपालमा गर्दैआएको परोपकारी कार्यहरुलाई संस्थागत गरि निरन्तरता दिनेछु ।
६. सञ्चार माध्यमहरुलाई अरु उपयोगी र प्रभावकारी ढंगले सञ्चालन गर्नेछु साथै एनआरएनए यूकेको आन्तरिक ब्यवस्थापन चुस्त र स्फूर्त राख्नेछु ।
७. पहिलो १२ महिना भित्रमै यूकेका विभिन्न स्थानमा क्षेत्रीय कमिटी गठन गर्नेछु ।
८. गैर आवासीय नेपालीहरुको लागि विभेदकारी नीति रहेको संविधानको धारा १४ र धारा २९१ संशोधनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु ल्याउनेछु ।
९. अनलाइन भोटिङ पद्धतिको विकास गरी आजसम्मकै अधिकतम संख्यामा पञ्जिकृत सदस्य संख्या विस्तार गर्नेछु ।
१०. आइसीसीले हालै शुरु गरेको केन्द्रीय सञ्चार प्रणालीलाई बढी उपयोगी र प्रभावकारी बनाउन सचिवालयसित नजिकमा रहेर प्रत्यक्ष सहयोग पुरयाउने कार्यलाई निरन्तरता दिनेछु ।
११. नेपाल र बेलायतबीच प्रत्यक्ष हवाई उडान सेवा पुनस्थापना गर्न नेपाली दूतावास लन्डनसंग मिलेर एनआरएनए यूकेको तर्फबाट विशेष पहल गर्नेछु ।
१२. एनआरएनए युरोपको २०१९ मा हुने १२ औं क्षेत्रीय बैठक बेलायतमा गर्नका निम्ति युरोपेली स्तरमा विशेष भूमिका खेल्नेछु ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा