
इलाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयपछि सोमबार इलाम बजारमा निकालेको विजयी जुलुस । तस्बिर ः गोविन्द लामिछाने, इलाम रासस
काठमाडौँ, १९ असार । आज दिउँसो २ः३० बजेसम्म २४६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ ।
दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यो सँगै २० जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का ९३, प्रदेश नं ५ का ८० र प्रदेश नं ७ का ७३ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।
मतगणना सकिएका जिल्लाहरुमा खोटाङ, तेह्रथुम, धनकुटा, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, रोल्पा, रुकुम, पाल्पा, गुल्मी, दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, अर्घाखाँची र डोटी छन् ।
पछिल्लो मतगणनाअनुसार, नेकपा (एमाले) १०४, नेपाली काँग्रेस ९५, नेकपा (माओवादी केन्द्र) ३२, सङ्घीय समाजवादी फोरम छ, मधेसी जनअधिकार फोरम नेपाल चार, राप्रपा दुई र स्वतन्त्र उम्मेदवारले एक स्थानीय तहको प्रमुख-अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।
उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १२३, काँग्रेस ७९, माओवादी केन्द्र ३२, सङ्घीय समाजवादी फोरम नेपाल पाँच, जनअघिकार फोरम लोकतान्त्रिक तीन, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुईजना उम्मेदवार भएको जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा