
इलाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयपछि सोमबार इलाम बजारमा निकालेको विजयी जुलुस । तस्बिर ः गोविन्द लामिछाने, इलाम रासस
काठमाडौँ, १९ असार । आज दिउँसो २ः३० बजेसम्म २४६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ ।
दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यो सँगै २० जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का ९३, प्रदेश नं ५ का ८० र प्रदेश नं ७ का ७३ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।
मतगणना सकिएका जिल्लाहरुमा खोटाङ, तेह्रथुम, धनकुटा, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, रोल्पा, रुकुम, पाल्पा, गुल्मी, दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, अर्घाखाँची र डोटी छन् ।
पछिल्लो मतगणनाअनुसार, नेकपा (एमाले) १०४, नेपाली काँग्रेस ९५, नेकपा (माओवादी केन्द्र) ३२, सङ्घीय समाजवादी फोरम छ, मधेसी जनअधिकार फोरम नेपाल चार, राप्रपा दुई र स्वतन्त्र उम्मेदवारले एक स्थानीय तहको प्रमुख-अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।
उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १२३, काँग्रेस ७९, माओवादी केन्द्र ३२, सङ्घीय समाजवादी फोरम नेपाल पाँच, जनअघिकार फोरम लोकतान्त्रिक तीन, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुईजना उम्मेदवार भएको जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित