
नेकपा (एमाले) का लक्ष्मीनारायण धिमाल मोरङको उर्लाबारीमा लगातार रुपमा ३१ वर्षयता जनप्रतिनिधिको रुपमा निर्वाचित हुनु भएको छ । अहिले उहाँ उर्लाबारी – ४ को वडाध्यक्षमा निर्वाचित हुनु भएको छ । तस्विर – सुमन घिमिरे, उर्लाबारी (मोरङ) रासस
उर्लाबारी (मोरङ), १९ असार । नेकपा (एमाले) का लक्ष्मीनारायण धिमाल मोरङको उर्लाबारीमा लगाताररुपमा ३१ वर्षयता जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभएको छ ।
अहिलेको स्थानीय तहको निर्वाचनमा उर्लाबारी–४ को वडाध्यक्षमा धिमाल निर्वाचित हुनुभएको छ । धिमाल २०४३ देखि भएका स्थानीय निर्वाचनमा लगातार निर्वाचित हुँदै आउनुभएको छ ।
विसं २०४३ मा तत्कालीन गाउँ पञ्चायतको जनपक्षीय सदस्यमा निर्वाचित हुनुभएका धिमाल बहुदल आएपश्चात् लगातार वडाध्यक्षमा निर्वाचित हुँदै आउनुभएको छ । विसं २०४९ र २०५४ मा तत्कालीन उर्लाबारी गाविस वडा नं १ को वडाध्यक्ष र यसपटक उर्लाबारी नगरपालिका वडा नं ४ को अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।
वडावासीबीच सरल र स्वच्छ छवि बनाउनुभएका धिमाल नगरमा आदिवासी धिमाल समुदायबीच लोकप्रिय मानिनुहुन्छ । एमालेको नीतिबाट प्रभावित भएर पञ्चायतकालदेखि नै तत्कालीन नेकपा (माले)मार्फत वामपन्थी राजनीतिमा लाग्नुभएका धिमाल एमाले गाउँ कमिटी सदस्य, क्षेत्रीय सदस्य र मोरङ जिल्ला सदस्यसमेत भइसक्नुभएको छ ।
उहाँ निर्वाचित भएको वडामा बक्राहा, नुनसरी र तेली खोलाले दिने दुःख एवम् सुकुम्बासी समस्या, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने काममा जोड दिँदै नमुना वडा बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित