काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्ता सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा नै केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण र सरकारका कामबारे समेत छलफल भएको थियो ।
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच थप गृहकार्य गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने र सरकार सञ्चालन एवम् दुई पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पहिलोपटक बालुवाटारमा छलफल भएको हो । यसअघिका छलफल अध्यक्ष दाहालको निवास लाजिम्पाटमा नै हुने गरेको थियो ।
राधिका (टिका) गुरुङले एनआरएनए महिला उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुहुने
मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी
रास्वपाकी रन्जु न्यौपाने काठमाडौँ–१ बाट विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको मतगणना : रास्वपा अघिअघि, कांग्रेस, एमाले, नेकपा पछिपछि
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह