
नेपालको शिक्षा विकासमा थप सहयोग गर्न प्रतिबद्धता जनाउँन उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि जापानी राजदूत मासासी ओगावासहितका प्रतिनिधिहरु । तस्बिर ः प्रकाश सिलवाल, रासस
काठमाडौँ, १६ असार । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरी नेपालको शिक्षा क्षेत्र र विद्यालय पुनः निर्माणमा थप सघाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको सो भेटमा जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम र भूकम्पबाट प्रभावित जिल्लामा विद्यालय पुनःनिर्माणमा थप सहयोगको प्रतिवद्धता जनाएको मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।
जापान सरकारको सहयोगमा हालसम्म २८३ विद्यालय निर्माण भइसकेको छ भने करिब पाँच सय विद्यालय निर्माणाधीन छ ।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठले विनाशकारी भूकम्पपछि जापान सरकारले राहत, पुनःस्थापना र विद्यालय भवन निर्माणमा गरेको सहयोगप्रति धन्यवाद दिँदै जापानको शिक्षा विकास, प्रविधि र प्रगतिबारे नेपाली विद्यार्थीले अध्ययन र सिक्नसक्ने थप वाताववरण निर्माण गर्न आग्रह गर्नुभयो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित