
लन्डन । प्रधानसेनापति राजेन्द्र क्षेत्री रक्षासम्बन्धी कार्यक्रममा भाग लिन बेलायत आउने भएका छन् । उनी संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य (बेलायत) का लागि आज शुक्रबार नेपालबाट प्रस्थान गर्ने कार्यक्रम छ ।
राससका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा असार २३ गते आयोजना हुने विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशको दोस्रो प्रमुख रक्षा सम्मेलन तथा बेलायतका सेनाध्यक्षको औपचारिक निमन्त्रणामा उनी यी दुई मुलुकतर्फ जान लागेका हुन् ।
राष्ट्रसंघ मुख्यालय, भ्रमणका क्रममा प्रधानसेनापति क्षत्री असार २३ गते संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजना हुने दोश्रो प्रमुख रक्षा सम्मेलनमा सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले विशिष्ट व्यक्तिसंग छुट्टाछुट्टै भेटघाटका साथै राष्ट्रसंघको शान्ति सैनिक मिसन कङ्गो तथा दक्षिण सुडानका सैनिक नेतृत्वसंग समेत छुट्टाछुट्टै भेटघाट गर्नेछन् ।
भ्रमण कार्यक्रममा प्रधानसेनापतिको साथमा रक्षा सचिव श्रीधर सापकोटा हुनेछन् । बेलायतको औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले बेलायतका रक्षामन्त्री र बेलायती सेनाका प्रमुखसंग छुट्टाछुट्टै भेटघाट गर्नुका साथै बेलायती सेनाको सैनिक मुख्यालय एवम् विभिन्न सैनिक एकाइको समेत भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानसेनापति क्षत्री यही असार ३१ गते स्वदेश फिर्ता हुने जनाइएको छ ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?