सप्तरी (राजविराज), १० असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफूहरु स्थानीय तहको निर्वाचनको विरोधी नरहेको बताउँदै वर्तमान सरकारले त्यस निर्वाचनमा आफ्नो पार्टीलाई समावेश गर्ने वातावरण नबनाएकाले निर्वाचनमा जान नसकेको बताउनुभएको छ ।
सप्तरीको मलेठमा आज राजपा सप्तरीद्वारा आयोजना गरिएको पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै नेता महतोले सरकारले चुनावमा आउन मौखिक रुपमामात्रै भन्यो तर चुनावको बाटोमा ठूलो ताला लगाएर राखेकाले आफूहरु निर्वाचनमा सहभागी नभएको स्पष्ट गर्नुभयो ।
उहाँले आफूहरु चुनाव विरोधी नरहेको बताउँदै लोकतन्त्रको मुख्य हतियार चुनावलाई आफूहरुले प्रयोग गर्न खोजे पनि प्रयोग गर्न नदिएको समेत आरोप लगाउनुभयो ।
पटक पटक सम्झौता गरेपनि मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संविधानमा अधिकारै नदिई अधिकारविहीन संविधानमा मोहर लगाउने षड्यन्त्र गरेर आफूहरुलाई ढोका बन्द गरिदिएको उहाँको भनाइ थियो ।
अर्का नेता शरत्सिंह भण्डारीले सङ्घीयतालाई खारेज गराउन मुख्य दलहरु लागिपरेको आरोप लगाउनुभयो । सरकारले सीमाङ्कनमा बेइमानी गर्ने चाल चालेको आरोप भण्डारीले लगाउनुभयो ।
त्यस्तै, नेता महेन्द्रराय यादवले संविधान संशोधन, आन्दोलनमा मारिएकालाई सहिद घोषणा, उनीहरुका परिवारलाई क्षतिपूर्ति र जनसङ्ख्याका आधारमा स्थानीय तह वृद्धि गर्न आफूहरुले बारम्बार माग गर्दै आएपनि सरकारले कुनै ध्यान नदिएको आरोप लगाउँदै जबर्जस्ती निर्वाचन गराउन खोज्नु अर्काे षड्यन्त्र भएको बताउनुभयो ।
अर्का नेता अनिल झाले सरकारले बलजफ्ती रुपमा गराइरहेको स्थानीय तहको निर्वाचन अवैध घोषणा गराउनका निम्ति प्रयास गरिने बताउनुभयो ।
नेता राजकिशोर यादवले राजपा नेपाल मुलुककै एउटा ठूलो पक्ष भएको बताउँदै यो पक्षलाई बाहिर राखेर गराइने निर्वाचनले वैधता प्रदान नगर्ने बताउँदै संविधानलाई वैध बनाउने प्रयासस्वरुप निर्वाचन गराउन खोजिएको आरोप लगाउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २०० भन्दा बढी राजपामा प्रवेश गरेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता