सप्तरी (राजविराज), १० असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफूहरु स्थानीय तहको निर्वाचनको विरोधी नरहेको बताउँदै वर्तमान सरकारले त्यस निर्वाचनमा आफ्नो पार्टीलाई समावेश गर्ने वातावरण नबनाएकाले निर्वाचनमा जान नसकेको बताउनुभएको छ ।
सप्तरीको मलेठमा आज राजपा सप्तरीद्वारा आयोजना गरिएको पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै नेता महतोले सरकारले चुनावमा आउन मौखिक रुपमामात्रै भन्यो तर चुनावको बाटोमा ठूलो ताला लगाएर राखेकाले आफूहरु निर्वाचनमा सहभागी नभएको स्पष्ट गर्नुभयो ।
उहाँले आफूहरु चुनाव विरोधी नरहेको बताउँदै लोकतन्त्रको मुख्य हतियार चुनावलाई आफूहरुले प्रयोग गर्न खोजे पनि प्रयोग गर्न नदिएको समेत आरोप लगाउनुभयो ।
पटक पटक सम्झौता गरेपनि मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संविधानमा अधिकारै नदिई अधिकारविहीन संविधानमा मोहर लगाउने षड्यन्त्र गरेर आफूहरुलाई ढोका बन्द गरिदिएको उहाँको भनाइ थियो ।
अर्का नेता शरत्सिंह भण्डारीले सङ्घीयतालाई खारेज गराउन मुख्य दलहरु लागिपरेको आरोप लगाउनुभयो । सरकारले सीमाङ्कनमा बेइमानी गर्ने चाल चालेको आरोप भण्डारीले लगाउनुभयो ।
त्यस्तै, नेता महेन्द्रराय यादवले संविधान संशोधन, आन्दोलनमा मारिएकालाई सहिद घोषणा, उनीहरुका परिवारलाई क्षतिपूर्ति र जनसङ्ख्याका आधारमा स्थानीय तह वृद्धि गर्न आफूहरुले बारम्बार माग गर्दै आएपनि सरकारले कुनै ध्यान नदिएको आरोप लगाउँदै जबर्जस्ती निर्वाचन गराउन खोज्नु अर्काे षड्यन्त्र भएको बताउनुभयो ।
अर्का नेता अनिल झाले सरकारले बलजफ्ती रुपमा गराइरहेको स्थानीय तहको निर्वाचन अवैध घोषणा गराउनका निम्ति प्रयास गरिने बताउनुभयो ।
नेता राजकिशोर यादवले राजपा नेपाल मुलुककै एउटा ठूलो पक्ष भएको बताउँदै यो पक्षलाई बाहिर राखेर गराइने निर्वाचनले वैधता प्रदान नगर्ने बताउँदै संविधानलाई वैध बनाउने प्रयासस्वरुप निर्वाचन गराउन खोजिएको आरोप लगाउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २०० भन्दा बढी राजपामा प्रवेश गरेका थिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा