काठमाडौँ, ९ असार । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।
मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आज यहाँ सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा देशगत रुपमा मलेसियामा ५६, साउदी अरबमा २१, कतारमा १४, कुवेतमा आठ र अन्य देशमा एक प्रतिशतका दरले समस्या परेको उजुरी दिइएको थियो ।
जनमञ्चले वैदेशिक रोजगारीका पीडित कामदारलाई छ वर्षदेखि निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएकामा हालसम्म १३ हजार ५५० जनालाई त्यस्तो सहायता प्रदान गरिएको छ ।
त्यसरी पीडित भई उजुरी दिनेलाई रु ३७ करोड ८४ करोड क्षतिपूर्ति पाउने निर्णय भएको ‘वैदेशिक रोजगार पीडितका लागि निःशुल्क कानुनी सहायता परियोजना’ का प्रमुख अधिवक्ता कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
उजुरीको प्रकृतिका आधारमा नेपालभित्र ठगीमा पर्नेमा ४५, चिकित्सा जाँचमा अनुत्तीर्ण उजुरी २५, भनेअनुसारको तलब र काम नपाएको २५ र अन्य प्रकारका पाँच प्रतिशत उजुरी पर्ने गरेको छ ।
लैङ्गिकताका आधारमा ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला तथा ठगी हुने माध्यमका आधारमा ६५ प्रतिशत संस्थागत र ३५ प्रतिशत व्यक्तिगत उजुरी परेका थिए ।
जनमञ्चका सल्लाहकार सोम लुइँटेलले पीडित कामदारले उजुरी दिएपछि वैदेशिक रोजगार विभागमा मिलापत्र गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । मिलापत्र गर्दा दोषीलाई कानुनी कारबाही गर्ने बाटो बन्द हुने उहाँको भनाइ छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा