लन्डन । बेलायतको नेपाली समुदायमा नौला होइनन् शर्मिला बर्देवा र सपनकुमार राई । विशेषगरि गीत संगीत क्षेत्रमा उनीहरुको परिचय पुरानो छ । बेलायतका स्थानीय कार्यक्रमहरुमा सक्रिय शर्मिला र सपनले गाएको गीत ‘मेरो मनमा बस मेरो मटुमा बस, तिम्रो न्यानो अंगालोमा चोखो मायाले कस’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दुई दिनअघि हाइलाइट्स नेपालले भिडियो सार्वजनिक गरेको हो । रोमान्टिक गीतमा आकर्षक बनेको छ भिडियो ।
शर्मिला-सपनले १७ वर्षपछि एकै ठाउंमा आएर गत वर्ष रेकर्ड गराएका थिए । अहिलेका चल्तीका संगीतकार शिखर सन्तोष बेलायत आएका बेला गीत रेकर्ड भएको थियो । सन् १९९८ मा ड्वेट गाएको यो जोडीले यसपटक किरण कंडेलले लेखेको गीत गाएको हो । करिब डेढ दशकअघि बेलायत आएकी शर्मिला यहां पनि उत्तिकै सक्रिय छिन् । दुई दशकभन्दा बढि समयदेखि बेलायत रहेका सपन इन्टरटेनमेन्ट लि.का प्रोपाइटर राईले बेलायतमा हुने धेरै कार्यक्रममा साउण्ड र डिजेका साथ गायनको जिम्मेवारी वहन गर्दै आएका छन् ।
बेलायतको ग्रामीण भेग (कन्ट्री साइड) वरपरका रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियो दन्त चिकित्सक तथा चलचित्र निर्माता डा. कपिल रिजालले निर्देशन गरेका हुन् । व्यवसायिक सफल चलचित्र ‘ड्रिम्स’ का सहनिर्माता रिजालले भिडियोमा नयां पन दिने प्रयास गरिएको बताए ।
भिडियो सम्पादन र छायांकन मिडियाकर्मी कुशल श्रेष्ठले गरेका छन् भने अभिनय अन्जु बस्नेत र टंक धमला (लियो ट्यांक) को छ ।
भिडियोको कोरियोग्राफी यूके डान्स अफ २०१६ की फस्ट रनरअप काजल भट्टचन गुरुङको छ भने मेकअप प्रेक्षा बस्नेत गुरुङले गरेकी थिइन् ।
म्यूजिक भिडियो यस्तो छः
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’