
काठमाडौँमा आयोजित चन्द्रागिरी हिल्सको प्रवद्र्धनात्मक भिडियो सार्वजनिक कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौलालगायत हास्य कलाकारहरु । तस्बिर ः कालिका खड्का, रासस
काठमाडौँ, ९ असार । केवलकार सञ्चालन गरेको एघार महिनामै चन्द्रागिरि पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।
छाटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सफल चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यू टावरबाट दृश्यावलोकन, बालबालिका खेल्ने सुन्दर पार्कका साथै आवश्यक खानेकुराका लागि यहाँ रेस्टुराँ समेत बनेका छन् ।
काठमाडौँको थानकोटबाट चन्द्रागिरि हिल्स पुग्न केवलकारबाट ११ मिनेट लाग्छ । चन्द्रागिरिबाट सुन्दर दृश्य देखिनुका साथै शान्त वातावरण छ । सत्यदेवीको भाल (निधार) खसेको हुनाले सो स्थानमा भालेश्वर महादेव मन्दिरको स्थापना गरिएको धार्मिक मान्यता रहेको छ ।
नेपाल एकीकरण अभियान सुरु गर्दा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौँ उपत्यका एकीकरण अभियान भालेश्वर महादेवको दर्शन गरेर सुरु गरेको ऐतिहासिक तथ्य रहेको छ । हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका सद्भावना दूत मदनकृष्ण श्रेष्ठले भन्नुभयो – “चन्द्रागिरिबाट यति धेरै हिमाल देखिन्छ, जति हेरयो त्यति हेरुँहेरुँ लाग्छ, यहाँबाट चारैतिर मनमोहक दृश्य देखिन्छ ।”
कलाकार श्रेष्ठ चन्द्रागिरि काठमाडौँ उपत्यकाको मात्र नभएर बाहिरबाट आउने पर्यटकका लागि पनि निकै राम्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको बताउनुहुन्छ ।
हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका अर्का सद्भावना दूत हरिवंश आचार्यलाई काठमाडौँको टोपी जस्तो लाग्छ चन्द्रागिरि । “चन्द्रागिरिबाटै शान्त वातावरणमा यति धेरै सुन्दर दृश्य देख्न पाइन्छ, मनै आनन्दित हुन्छ” – उहाँले भन्नुभयो ।
त्यस्तै, हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका सद्भावना दूत रहेका दीपकराज गिरी र दीपाश्री निरौलालाई पनि चन्द्रागिरि हिल्सलाई पर्यटकको नमुना गन्तव्य रुपमा विकास गर्न सकिने बताउनुहुन्छ ।
चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्र ढकालले त्यति सहज तरिकाले यो परियोजना सञ्चालन नभएको र अनुमति लिनका लागि मात्र पाँच वर्ष समय खर्चेको बताउनुभयो । दुई वर्षसम्म चलेको निर्माण कार्यपछि मात्र अहिलेको अवस्थामा आएको उहाँको भनाइ छ । अध्यक्ष ढकालका अनुसार ११ महिनामा साढे पाँच लाख पर्यटकले चन्द्रागिरिको भ्रमण गरिसेकाका छन् । हिल्सले रु छ करोड राजस्व सरकारलाई बुझाएको छ ।
चन्द्रागिरि हिल्सको प्रवद्र्धनात्मक भिडियो बुधबार सार्वजनिक गरिएको छ । सो भिडियोमा हाँस्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौलालगायतको भूमिका रहेकोे छ । प्रवद्र्धनात्मक टेलिभिजन विज्ञापनको निर्देशन तथा परिकल्पना दिनेश डिसीले गर्नुभएको हो भने बाल कलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, सैवी ढकाल र सफल झाले त्यसमा अभिनय गरेका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त