
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्याय परिषद् र न्याय सेवाको आर्थिक वर्ष २०७२–०७३ को वार्षिक प्रतिवेदन पेस गर्दै कामु प्रधानन्यायाधीश एवम् परिषद्का अध्यक्ष गोपाल पराजुली । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय सेवालाई छिटो, सर्वसुलभ र सबैको पहुँचमा पुरयाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक (आ.व. २०७२-०७३) प्रतिवेदन बुझाउन आयोजित समारोहमा उहाँले भन्नुभयो – “न्याय सेवा सर्वसुलभ रुपमा सबैको पहुँचभित्र हुनुपर्छ ।”
राष्ट्रपति भण्डारीले न्यायलयलाई समयअनुसार सुविधासम्पन्न र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिदैं न्यायलयसहित सबै न्यायिक निकाय सुविधासम्पन्न र प्रभावकारी हुनुपर्दछ भन्नुभयो ।
सो अवसरमा कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन (आ.व २०७२-०७३) राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभयो ।
प्रतिवेदनमा न्याय परिषद्ले सर्वोच्च अदालतमा २०७२ फागुन १८ गते ११ जना न्यायाधीश नियुक्ति गरेको, २०७२ साउन २१ गते जिल्ला अदालतका लागि ६० जना न्यायाधीश नियुक्ति गरेको र नेपालको संविधान आएपछि उच्च अदालतको व्यवस्था गरी ८० न्यायाधीश समेत नियुक्त गरेको उल्लेख छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा सर्वोच्च अदालतका न्यायाधीशहरु सिफारिस गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
न्यायपरिषद् र न्याय सेवा आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने संवैधानिक व्यवस्था छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा