
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्याय परिषद् र न्याय सेवाको आर्थिक वर्ष २०७२–०७३ को वार्षिक प्रतिवेदन पेस गर्दै कामु प्रधानन्यायाधीश एवम् परिषद्का अध्यक्ष गोपाल पराजुली । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय सेवालाई छिटो, सर्वसुलभ र सबैको पहुँचमा पुरयाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक (आ.व. २०७२-०७३) प्रतिवेदन बुझाउन आयोजित समारोहमा उहाँले भन्नुभयो – “न्याय सेवा सर्वसुलभ रुपमा सबैको पहुँचभित्र हुनुपर्छ ।”
राष्ट्रपति भण्डारीले न्यायलयलाई समयअनुसार सुविधासम्पन्न र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिदैं न्यायलयसहित सबै न्यायिक निकाय सुविधासम्पन्न र प्रभावकारी हुनुपर्दछ भन्नुभयो ।
सो अवसरमा कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन (आ.व २०७२-०७३) राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभयो ।
प्रतिवेदनमा न्याय परिषद्ले सर्वोच्च अदालतमा २०७२ फागुन १८ गते ११ जना न्यायाधीश नियुक्ति गरेको, २०७२ साउन २१ गते जिल्ला अदालतका लागि ६० जना न्यायाधीश नियुक्ति गरेको र नेपालको संविधान आएपछि उच्च अदालतको व्यवस्था गरी ८० न्यायाधीश समेत नियुक्त गरेको उल्लेख छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा सर्वोच्च अदालतका न्यायाधीशहरु सिफारिस गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
न्यायपरिषद् र न्याय सेवा आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने संवैधानिक व्यवस्था छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने