काठमाडौँ, ७ असार । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्घले बेलायतका गोर्खा सैनिकका बारेमा नेपाल र बेलायतबीच द्विपक्षीय समझदारी गर्नुपर्ने माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पदमसुन्दर लिम्बूले सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्तीसम्बन्धी सन्धि त्रुटिपूर्ण रहेको र त्यसबाट मुलुकको सार्वभौमिकतामा हस्तक्षेप भएको बताउँदै त्यसको विकल्प खोज्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले तत्कालीन समयमा बेलायतको उपनिवेशका रुपमा स्थापित भारतको अहिले हुने गोर्खा भर्तीमा भूमिका नरहेकाले नयाँ द्विपक्षीय समझदारीको खाँचो औँल्याउनुभयो ।
सङ्घका विदेश विभाग प्रमुख उत्तमप्रसाद भट्टराईले नेपालले शान्ति र सहअस्तित्वका लागि सबै राष्ट्रसँग पञ्चशीलका आधारमा सम्बन्ध राख्ने हुँदा यहाँबाट लगिएका गोर्खा सैनिकलाई कुनै पनि मित्र राष्ट्रविरुद्ध युद्धमा खटाउन नहुने बताउनुभयो ।
देशभक्त गण्तान्त्रिक मञ्चका सचिव परी थापाले सन् १९५३ मा नेपाल र बेलायत सरकारबीच सैनिक भागबन्डासम्बन्धी सम्झौता भए पनि १९६८ पछि नवीकरणसमेत नभएकाले त्यसको औचित्य नरहेको प्रस्ट गर्नुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार