
लन्डन । लन्डनस्थित नेपाली दूतावासले बेलायत, माल्टा र आयरल्याण्ड बस्ने नेपाली एवं संघसंस्थालाई आफ्नो विवरण उपलव्ध गराइदिन आग्रह गरेको छ ।
तथ्यांक संकलनमा जुटिरहेको दूतावासले अनलाइन रजिष्ट्रेशनमा कम सहभागिता भएपछि त्यस्तो आग्रह गरेको हो । ‘अनलाइन रजिष्ट्रेशनमा न्यून सहभागिता देखिएकाले दूतावासको नयां परिमार्जित वेवसाइटमा गएर आफ्नो व्यक्तिगत तथा संस्थागत विवरण उपलव्ध गराइदिन हाम्रो अनुरोध छ’, दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले वीनेपालीसंग भने ।
बेलायतमा नेपालीको जनसंख्याबारे आ आफ्नै अड्कलबाजी रहंदै आएका छन् । दूतावासले आधिकारिक तथ्यांक संकलन गर्ने उद्देश्यले शुरु गरेको यस प्रयासमा नेपाली समुदायको उत्साहजनक सहभागिता हुने दूतावासको अपेक्षा छ । उपलव्ध गराइएको व्यक्तिगत विवरण गोप्य रहने दूतावासको भनाइ छ ।
अघिल्लो महिना दशौं गणतन्त्र दिवसका अवसरमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासको नयां परिमार्जित वेवसाइटसहित तथ्यांक राख्ने अनलाइन रजिष्ट्रेशन प्रणालीको उद्घाटन गरेका थिए । उक्त अवसरमा समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले व्यक्तिगत विवरण र एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ एवं नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार नवीन पोखरेलले संस्थागत विवरण भरेर यसको शुरुवात गरेका थिए ।
अनलाइन रजिष्ट्रेशनका लागि निम्न वेवसाइटमा गएर भर्न सकिन्छ ।
http://www.nepembassy.org.uk
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?