सोलुखुम्बु, ७ असार । बाक्लो हुस्सु र लगातारको वर्षाका कारण लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा छ दिनदेखि उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
यही असार १ गते विमानस्थलमा जहाज अवतरण भएको थियो । त्यसयता कुनै पनि उडान हुन नसकेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिनुभयो । तारा एअरको २० भन्दा बढी उडान स्थगित भएको छ । अन्य एअरलाइन्सले समेत सबै उडान स्थगन गरेका छन् ।
उडान नहुँदा सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्कन लागेका करिब एक सय भन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक लुक्लामै रोकिएका छन् । लामो समयसम्मको उडान अवरुद्धका कारण केही विदेशी तथा नेपाली पर्यटकले फाप्लुसम्म पैदल यात्रा गरेका शेर्पाले बताउनुभयो ।
लुक्लाबाट फाप्लु आइपुग्न सामान्यतया तीन दिनको पैदलयात्रा गर्नुपर्छ । बाटो निकै असहज छ । लुक्लामा हेलिकोप्टरसमेत अवतरण गर्न नसक्दा पर्यटक निकै मारमा परेका छन् । लामो समयसम्म विमानस्थल अवरुद्ध भएपछि लुक्ला र नाम्चेलगायत क्षेत्रका लागि काठमाडौँबाट ल्याइने तरकारी, अन्डा, मासुलगायत उपभोग्य वस्तुको अभाव भएको लुक्लाका व्यवसायी आङ दोर्जी शेर्पाले बताउनुभयो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित