
नेकपा एमाले नगर कमिटीले टीकापुरमा आयोजना गरेकोे चुनावी सभामा उपस्थित कार्यकर्ता तथा स्थानियवासी । तस्बिर ः शरद शर्मा, रासस
काठमाडौँ, ६ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा निर्वाचन चिह्न प्रदान गरिएको छ ।
राजनीतिक दल र उम्मेदवारको उत्साहजनक सहभागितामा निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई आज निर्वाचन चिह्न प्रदान गरेको हो ।
निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारलाई निर्वाचनको प्रचार प्रसारका लागि बाटो खुलेको छ । निर्वाचन चिह्न प्राप्त भएलगत्तै उम्मेदवार नमुना मतपत्रसहित मतदाताको घरआँगनमा पुगेर मत माग्ने कार्यमा सरिक भइसकेका छन् ।
प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा हुने निर्वाचनका लागि गत आइतबार ६२ हजार ९२६ जनाले उम्मेदवारी दिएको विवरण आयोगलाई प्राप्त भएको बुझिएको छ ।
व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई पार्टीको आधिकारिक चिह्न तथा अन्य दल र स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र निर्वाचन चिह्न प्रदान गर्ने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
दोस्रो चरणअन्तर्गतको निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा जनप्रतिनिधि चयन हुनेछन् भने ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता