विराटनगर, ६ असार । राजनीतिक दलहरुबीच गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ ।
नेकपा (एमाले) तथा लोकतान्त्रिक फोरम नेपालबीच र सङ्घीय समाजवादी फोरम नेपाल तथा नेकपा (माओवादी केन्द्र) बीच प्रमुख र उपप्रमुख पदका लागि गठबन्धन भएका कारण निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो ।
सो गठबन्धनका कारणले महानगरपालिकामा प्रमुख पदका लागि चारवटा दलका बीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । विराटनगर महानगरपालिकामा प्रमुखको पदमा नेपाली काँग्रेसका भीम पराजुली, एमालेका विनोद ढकाल, उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादव र राप्रपाका प्रह्लाद साहबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको सर्वसाधारण मतदाताले अड्कल गरेका छन् । अन्य राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरुले निर्वाचनमा जित्ने दाबीका साथ उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेले लोकतान्त्रिक फोरम नेपालका उपप्रमुख पदका उम्मेदवार सूची चौधरीलाई सघाउने र लोकतान्त्रिक फोरमले प्रमुख पदमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । माओवादी केन्द्रले सङ्घीय समाजवादी फोरमका उम्मेदवार उमेश यादवलाई र उसले माओवादी केन्द्रका उम्मेदवार नमिता न्योपानेलाई सघाउने सहमति भएको छ ।
यी चार दलबीच प्रमुख र उपप्रमुख पदका लागि भएको तालमेलका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तालमेल गरेका दलहरुले प्रमुख र उपप्रमुख पदमा जित सुनिश्चत भएको दाबी गरिरहेका छन् ।
काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी प्रमुख, उपप्रमुखलगायत महानगरका १९ वटै वडाका अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । अन्य दलले पनि सोहीअनुरुप वडाहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेस मोरङले पार्टीको अवस्था मजबुत रहेका कारण कुनै पनि दलसँग गठबन्धन नगरेको काँगे्रस नेताहरु बताउँछन् ।
विराटनगरमा एक लाख १४ हजार मतदाता रहेका छन् । विराटनगरमा स्थानीय तहको निर्वाचनमा पार्टीगत आधारभन्दा स्थानीय समस्या, उम्मेदवारको आचरणले महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ । यस अतिरिक्त जातीय, क्षेत्रीय र भाषिकलगायतका विषयले पनि महत्वपूर्ण प्रभाव पार्ने सम्भावनालाई नकार्न सकिँदैन ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित