काठमाडाँै, ५ असार । नेपाली काँग्रेसले केन्द्रीय सदस्य डा प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन तथा परिचालन समिति गठन गरेको छ ।
सो समितिमा नवीन्द्रराज जोशी, दीलबहादुर घर्ती, अम्बिका बस्नेतलगायत छ सदस्य हुनुहुन्छ । स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचनको अनुगमन गरी उम्मेदवारलाई पार्टीका तर्फबाट आवश्यक निर्देशन दिनुका साथै कहाँ के भइरहेको छ भन्ने विषयमा पार्टीलाई सुझाव दिने उद्देश्यले सो समिति गठन गरिएको काँग्रेसले जनाएको छ ।
समितिका संयोजक डा महतले दोस्रो चरणको निर्वाचन हुने जिल्लामा मङ्गलबारदेखि नै सो कार्य जारी राख्ने जानकारी दिनुभयो ।
काँग्रेसले पैँतीस जिल्लामा प्रतिनिधि खटायो
नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सघाउन केन्द्रीय नेताहरुलाई जिल्ला पठाउने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
यसरी खटिने केन्द्रीय नेताहरुमा मोरङको विराटनगर महानगरमा पूर्वगृहमन्त्री विमलेन्द्र निधि रहनुभएको छ भने नेताहरु प्रकाशमान सिंहलाई सङ्खुवासभा, अर्जुननरसिंह केसीलाई सुनसरी, चित्रलेखा यादवलाई बर्दिया र गगन थापालाई दार्चुलामा खटाइएको काँग्रेसले जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा