लन्डन । उत्तरी लन्डनको मस्जिद बाहिर एउटा भ्यानले पैदल यात्रुहरुमाथि ठक्कर दिंदा एकको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । प्रत्यक्षदर्शीले कम्तीमा दशजना घाइते भएको बताएका छन् । लन्डन एम्बुलेन्स सर्भिसले ८ जना घाइतेको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
फिन्सबरी पार्क मस्जिद बाहिर रमदान प्रार्थना सकेर फर्किएका श्रद्धालुहरुमाथि भ्यान कुंदाइएको समाचारमा जनाइएको छ ।
मेट्रोपोलिटन प्रहरी प्रवक्ताले आइतबार राती १२.२० बजे घट्ना भएको जनाएका छन् । ति प्रवक्ताले घट्नामा कयौं घाइते भएका र ४८ वर्षीय एक चालकलाई गिरफ्तार गरिएको जनाए । प्रति आतंकवाद प्रहरीले घट्नाको अनुसन्धान थालेको छ । घट्नास्थलमा प्रहरी र एम्बुलेन्सका कयौं गाडी देखिएका छन् भने सेभेन सिस्टर्स रोड बन्द गरिएको छ ।
प्रधानमन्त्री टेरेजा मेले डरलाग्दो घट्ना भन्दै सहानुभूति प्रकट गरेकी छन् भने विपक्षी लेबोर पार्टीका नेता जेरेमी कोर्बीनले घट्नाबाट अचम्भित भएको बताएका छन् । लन्डन मेयर सादिक खानले फिन्सबरी पार्कमा भएको एउटा गम्भीर दुर्घटनाबारे छानवीन भइरहेको ट्वीट गरेका छन् ।
ब्रिटेनको मुस्लिम काउन्सिलले श्रद्धालुहरुलाई नियोजित ठक्कर दिएको जनाएको छ । मुस्लिम काउन्सिलका महासचिव हरुन खानले जानी जानी श्रद्धालुहरुमाथि भ्यान कुंदाइनु ‘आश्चर्यजनक र क्रुर’ भनेका छन् ।
केही साताअघिमात्र लन्डन ब्रीजमा आइसीस समर्थकहरुले पैदल यात्रुमाथि भ्यान कुदाइ बरो मार्केटमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जना मारिएका थिए । यसबाहेक कम्तीमा ५८ जना मारिने गरि भएको ग्रेनफेल टावर आगलागी घट्नाको साता दिन नबित्दै लन्डनले अर्को दुःखद घट्ना सामना गर्नु परेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा