लन्डन । यूके नेपाल फेडरेशन अफ बडी बिल्डिङ एण्ड फिटनेशद्वारा आयोजित पांचौं मिस्टर यूके नेपाल ०१७ प्रतियोगिताका मुख्य प्रशिक्षक सानु गुरुङलाई लन्डनमा एक कार्यक्रमबीच स्वागत गरिएको छ । साउथ हयारो नजिक खुल्ने तयारीमा रहेको माया पबमा एक गृष्मकालीन भेटघाटका क्रममा मिस्टर नेपाल गुरुङलाई स्वागत तथा सम्मान गरिएको हो ।
बीरेन खड्का, सिद्धार्थ क्षेत्री, शशी गुरुङ लगायतको पहलमा आयोजित उक्त कार्यक्रममा गुरुङलाई बेलायतका विभिन्न क्षेत्रका व्यक्तिहरुले खादाले सम्मान गरे । बेलायत कांग्रेसका नेताहरु युवराज गुरुङ, विनोद मोक्तान, डा. मिन रानाभाट, कार्यक्रम आयोजकहरु बीरेन खड्का, शशी गुरुङ, रबिन गुरुङ, सिद्धार्थ क्षेत्री आदिले मिस्टर नेपाललाई स्वागत गर्दै सम्मान गरेका थिए ।
सहभागीले मिस्टर नेपाल गुरुङ देशकै गौरव भएको बताउंदै उनको अब केही साताको बेलायत भ्रमण सुःखद रहोस् भन्ने कामना गरे ।
कार्यक्रममा सानु गुरुङले स्वस्थ रहन फिटनेशको आवश्यकताबारे जोड दिए । स्वास्थ्य नै धन भएको बताउंदै गुरुङले युवाहरुलाई फिटनेशको टिप्स समेत बताएका थिए ।
तस्विरः शिव भण्डारी
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]