लन्डन । यूके नेपाल फेडरेशन अफ बडी बिल्डिङ एण्ड फिटनेशद्वारा आयोजित पांचौं मिस्टर यूके नेपाल ०१७ प्रतियोगिताका मुख्य प्रशिक्षक सानु गुरुङलाई लन्डनमा एक कार्यक्रमबीच स्वागत गरिएको छ । साउथ हयारो नजिक खुल्ने तयारीमा रहेको माया पबमा एक गृष्मकालीन भेटघाटका क्रममा मिस्टर नेपाल गुरुङलाई स्वागत तथा सम्मान गरिएको हो ।
बीरेन खड्का, सिद्धार्थ क्षेत्री, शशी गुरुङ लगायतको पहलमा आयोजित उक्त कार्यक्रममा गुरुङलाई बेलायतका विभिन्न क्षेत्रका व्यक्तिहरुले खादाले सम्मान गरे । बेलायत कांग्रेसका नेताहरु युवराज गुरुङ, विनोद मोक्तान, डा. मिन रानाभाट, कार्यक्रम आयोजकहरु बीरेन खड्का, शशी गुरुङ, रबिन गुरुङ, सिद्धार्थ क्षेत्री आदिले मिस्टर नेपाललाई स्वागत गर्दै सम्मान गरेका थिए ।
सहभागीले मिस्टर नेपाल गुरुङ देशकै गौरव भएको बताउंदै उनको अब केही साताको बेलायत भ्रमण सुःखद रहोस् भन्ने कामना गरे ।
कार्यक्रममा सानु गुरुङले स्वस्थ रहन फिटनेशको आवश्यकताबारे जोड दिए । स्वास्थ्य नै धन भएको बताउंदै गुरुङले युवाहरुलाई फिटनेशको टिप्स समेत बताएका थिए ।
तस्विरः शिव भण्डारी
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा