अल्डरसट । यस वर्षको मिस्टर युके नेपाल प्रणय गुरुङले हात पारेका छन् । युके नेपाल फेडरेशन अफ बडी बिल्डिङ्ग एण्ड फिटनेशद्वारा शनिबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित प्रतियोगितामा क्याबर्ली निवासी प्रणयले उपाधि चुमेका हुन् ।
सात जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रणय पाँचौं मिस्टर युके नेपाल बनेका हुन् । प्रतियोगिताको मुख्य विधामा प्रणय गुरुङ प्रथम, तारा गुरुङ दोस्रो र सचिन राई तेस्रो भए ।
विजेता गुरुङलाई प्रथम पुरस्कारका प्रायोजक पीपल मोर्गेजका प्रबन्ध निर्देशक सूर्यप्रकाश गुरुङले एक हजार पाउण्डको चेक प्रदान गरेका थिए भने प्रमुख प्रशिक्षक सानु गुरुङले ट्रफी र आयोजक संस्थाका अध्यक्ष किशोर गुरुङले मेडल र प्रमुख अतिथि एनआरएनए युकेका मुछेत्र गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस्तै, दोस्रो स्थान जितेका गुरुङलाई पुरस्कारका प्रायोजक सनराईज गोर्खा स्पोर्टस् क्लबका प्रबन्ध निर्देशक नवराज घलेले पाँचसय पाउण्डको चेक र तेस्रो भएका सचिन राईलाई तेस्रो पुरस्कारका प्रायोजक क्युओजिएलआरका गोर्खा मेजर चक्रबहादुर खत्रीले तीनसय पाउण्डको चेक हस्तान्तरण गरे ।
प्रतियोगितामा मास्टर क्याटोगरीतर्फ एमकुमार गुरुङ प्रथम भए भने क्याप्टेन उमेशकुमार पुन दोस्रो भए । त्यस्तै, पब्लिक च्वाईसमा बिदुर अधिकारी पर्न सफल भए भने ५ जना प्रतिस्पर्धी रहेको फिजिकतर्फ तारा गुरुङ बिजेता बने ।
एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष किशोर गुरुङ, उपाध्यक्ष सुक गुरुङ र प्रमुख अतिथि गुरुङले मन्तब्य राखेका थिए ।
सांगीतिक मनोरञ्जनका साथ सम्पन्न भएको कार्यक्रममा पुरस्कारका प्रायोजकलगायत कार्यक्रमलाई आर्थिक सहयोग गर्ने विभिन्न व्यक्ति, उद्यमी, व्यापारी र व्यवसायीहरुलाई अध्यक्ष गुरुङले खादा लगाई सम्मान गरेका थिए । प्रत्येक वर्ष नेपालबाट आइ खेलाडीहरुलाई प्रशिक्षण दिँदै आएका मुख्य प्रशिक्षक सानु गुरुङलाई प्रमुख अतिथि गुरुङले मायाको चिनो प्रदान गरेका थिए ।
त्यस्तै, एभरेष्ट टाइम्सका फोटोग्राफर मिलन तमु, एभरेष्ट टाइम्स डटनेटका सम्पादक सविन्द्र कुमार गुरुङ, पत्रकार संजय कँडेल, प्रत्येक वर्ष खेलाडीहरुलाई प्रोटिन प्रायोजन गर्दै आएका नारायण गुरुङ, निर्णायक मण्डल, ब्रोसिस व्याण्डका गायक दिपु गुरुङलगायतलाई सम्मान गरिएको थियो ।
यूके नेपाल फेडरेशन अफ बडी बिल्डिङ्ग एण्ड फिटनेशका अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महासचिव लोक गुरुङले स्वागत मन्तब्य राखेका थिए भने सूर्य गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
यूके नेपाल फेडरेशन अफ बडी बिल्डिङ्ग एण्ड फिटनेशले सन् २०१३ देखि प्रत्येक बर्ष मिस्टर युके नेपाल बडी बिल्डिङ्ग च्याम्पियनसीप प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा