
लन्डन, ४ असार । बेलायतको लन्डनमा अवस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’ मा गत मंगलबार रातिको समयमा भएको आगलागीमा परी हराएका व्यक्तिहरु मारिएको आशङ्का गरिएको छ । ती व्यक्तिहरु मारिएका भए सो सङ्ख्या ५८ पुग्ने प्रहरी कमाण्डरले शनिबार बताउनु भएको छ ।
प्रहरी कमाण्डरका अनुसार यसअघि नै यस घटनामा मारिएका व्यक्तिको सङ्ख्या ३० पुष्टी भइसकेको थियो । मृतकको सङ्ख्या ५८ पुगेपछि पनि यो परिवर्तन हुन सक्ने अनुमान गरिएको पनि प्रहरी कमाण्डरले बताउनु भएको छ ।
बीबीसीले मृत्यु हुनेहरुको सङ्ख्या ७० जनाको हाराहारीमा हुन सक्ने एउटा रिपोर्टमा जनाएको छ ।
ग्रेटफेल टावर लन्डनको पश्चिमी क्षेत्रमा पर्दछ । यो सन् १९७० को दशकमा बनेको हो । पटक पटक गरेर त्यसमा अहिले १२० ओटा फ्ल्याट छन् ।
बेलायती प्रधानमन्त्री टेरेसा मेले घटनामा पीडित परिवारजनलाई सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार