काठमाडौँ, ३ असार । धितोपत्र बजारमा यो साता रु दुई अर्ब ९६ करोड २५ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यो साता ४९ हजार ८६० कित्ता सेयर खरिदबिक्री भएको थियो ।
कारोबार रकम गत साताको भन्दा ११ दशमलव ५९ प्रतिशत कम हो । स्टककाअनुसार गत साता रु तीन अर्ब ३५ करोड सात लाख ११ हजार बराबरको सेयर कारोबार भएको हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ९० अङ्कले घटेर अन्तिम दिन एक हजार ५८९ दशमलव ५९ अङ्कमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १९ अङ्कले बढेर ३३७ दशमलव ६१ अङ्कमा आइपुगेको छ ।
यससाता कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु २३ करोड ७५ लाख १० हजार बराबरको कारोबार भएको स्टकले जनाएको छ ।
त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम अग्रस्थानमा छ । सो स्किमको दुई लाख १५ हजार कित्ता सेयर कारोबार भएको थियो । यो सात विभिन्न आठ कम्पनीका बोनस र हकप्रद सेयर समेत स्टकमा सूचीकृत भएका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा