काठमाडौँ, ३ असार । धितोपत्र बजारमा यो साता रु दुई अर्ब ९६ करोड २५ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यो साता ४९ हजार ८६० कित्ता सेयर खरिदबिक्री भएको थियो ।
कारोबार रकम गत साताको भन्दा ११ दशमलव ५९ प्रतिशत कम हो । स्टककाअनुसार गत साता रु तीन अर्ब ३५ करोड सात लाख ११ हजार बराबरको सेयर कारोबार भएको हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ९० अङ्कले घटेर अन्तिम दिन एक हजार ५८९ दशमलव ५९ अङ्कमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १९ अङ्कले बढेर ३३७ दशमलव ६१ अङ्कमा आइपुगेको छ ।
यससाता कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु २३ करोड ७५ लाख १० हजार बराबरको कारोबार भएको स्टकले जनाएको छ ।
त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम अग्रस्थानमा छ । सो स्किमको दुई लाख १५ हजार कित्ता सेयर कारोबार भएको थियो । यो सात विभिन्न आठ कम्पनीका बोनस र हकप्रद सेयर समेत स्टकमा सूचीकृत भएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित