
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी समितिको बैठकमा सहभागी नेताहरु । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, १ असार । नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ ।
केपी ओली निवास बालकोटमा आज बसेको स्थायी कमिटीको बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो – “संविधान संशोधनको विषय निर्वाचनसँग सम्बन्धित विषय होइन । यो अलग विषय भएकाले संविधान संशोधनलाई अगाडि सारेर निर्वाचन बिथोल्ने काम गर्नु हुँदैन ।”
संवैधानिक आयोगको सिफारिसमा बनेको स्थानीय तहको सङ्ख्या र सीमाङ्कनको आधारमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनको सम्मुखमा आएर फेरि सङ्ख्या र सीमाङ्कन हेरफेर गर्ने कुरामा एमाले कुनै हालतमा सहमति हुन नसक्ने उहाँले बताउनुभयो ।
स्थानीय तहको सङ्ख्या थपघट तथा संविधान संशोधन गर्नुपर्ने भए पनि संसदीय निर्वाचनपछि संवैधानिक र कानुनी माध्ययमबाट पुनर्विचार गर्न सकिने एमालेको धारणा रहेको उहाँले बताउनुभयो ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाबाट निर्वाचन सार्ने र निर्वाचनलाई अन्योलतातर्फ धकेल्ने गरी आएको अभिव्यक्तिप्रति एमालेले चिन्ता व्यक्त गरेको छ र यस्ता भ्रमपूर्ण अभिव्यक्ति नदिन सरकारलाई आग्रह समेत गरेको छ ।
राजपाको आन्दोलनलाई देखाएर चार वटा प्रदेशको निर्वाचन सार्ने कार्य एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने बैठकमा निर्णय भएको जानकारी दिँदै सचिव भट्टराईले असार १४ गतेकै निर्धारित मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।
राजपालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधन र स्थानीय तहको सङ्ख्या निर्धारणका विषयमा बाहेक अन्य विषयमा लचिलो हुन एमाले तयार रहेको उहाँको भनाइ थियो ।
सचिव भट्टराईले भन्नुभयो– “राजपाले उठाएका सबै माग तत्काल पूरा हुन सक्दैनन् । कतिपय माग अहिले पूरा हुन्छन् । त्यही मागलाई लिएर आगामी १४ गतेको निर्वाचनमा भाग लिन एमाले बैठकले राजपालाई अपिल गरेको छ ।”
उहाँका अनुसार एमालेले आज साँझसम्ममा सबै प्रदेशको उम्मेदवारको टुङ्गो लगाउने छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता