लन्डन । पश्चिम लन्डनको नटिङहिल नजिक रहेको २४ तले आवासीय भवनमा बुधबार बिहान भीषण आगलागी हुंदा मर्नेको संख्या १७ पुगेको छ । प्रहरीले मृतक संख्या अझ बढ्ने जनाएको छ । अस्पतालमा उपचारार्थ घाइते ३७ मध्ये १७ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको र यसको वास्तविकता आउन समय लाग्ने जनाएको छ । अग्नी नियन्त्रकहरुले ६५ जनाको सकुशल उद्दार गरेका छन् ।
नर्थ केन्जिङटनको ल्याटिमेर रोडमा अवस्थित १२० फल्याट रहेको ६८ मिटर अग्लो ग्रेनफेल टावर (अपार्टमेन्ट) मा राती करिब एकबजेतिर लागेको आगलागीबाट कयौं हताहत भएको अनुमान छ । भवनभित्र ४ देखि ६ सय मानिस रहेको हुन सक्ने अनुमान गरिएको छ । अझै मानिसहरु हराइरहेका छन् ।
आगलागी भएको स्थान नेपाली दूतावास नजिक छ । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले दुःखद घट्ना सुन्नुपरेको जनाउंदै नेपाली हालसम्म प्रभावित भएको खबर नआएको बताए । उनले दूतावास मेट्रो पुलिस र काउन्सिलसंग सम्पर्कमा रहिरहेको समेत जनाए ।
कम्तीमा ४५ दमकलमा आएका दुई सय भन्दा बढि अग्नी नियन्त्रकलाई आगो नियन्त्रणमा लिन हम्मे हम्मे परयो । आगो लागेको झण्डै २४ घण्टासम्म पनि भवनमा आगो बलिरहेको देखिन्छ । हेर्दा हेर्दै दोश्रो तलाबाट आगो करिब ३० मिनेट अवधिमा कसरी तीव्र रुपमा माथि फैलियो भन्नेबारे प्रश्न उठेको छ ।
ग्रेनफेल एक्सन ग्रुपले चार वर्ष यता भवनमा विपत्ति आउन सक्ने जोखिमबारे सम्वन्धित निकायलाई अवगत गराइएपनि वेवास्ता गरिएको दावी गरेको छ । ग्रुपले जोखिमबारे केन्जिङटन एण्ड चेल्सी टिनेन्ट म्यानेजमेन्ट अर्गनाइजेशनलाई अवगत गराएको थियो । गत नोभेम्बरमा पनि भवनको ‘फायर सेफ्टी’ बारे प्रश्न उठेको थियो ।
सन् १९७४ मा निर्मित ल्यानक्यास्टर वेष्ट स्टेट टावर गत वर्ष मे २०१६ मा मात्र करिब दश मिलियन पाउण्ड खर्चमा मर्मत सम्भार र स्तरोन्नति गरिएको समाचारमा जनाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा