
प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत राजपा र प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा बुधबार सिंहदबारमा सहभागी हुदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बेलुका बसेको बैठक बिहीबार पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो ।
बैठकमा (एमाले) ले असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न नहुने स्पष्ट धारणा राखेको नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
“छलफल राजपालाई पनि चुनावमा सहभागी गराउने सम्भावनाका विषयमा नै केन्द्रित थियो, तर बिहीबार १० बजे बस्ने गरी टुङ्गिएको छ”– नेकपा (माओवादी केन्द्र) नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।
राजपाका नेता शरदसिंह भण्डारीले सबै राजनीतिक दललाई चुनावमा जाने वातावरण सिर्जना गर्नका लागि राजपाले स्पष्टसँग माग राखेको छ भन्नुभयो । नेता भण्डारीले अहिलेसम्म चुनावमा जाने वातावरण सिर्जना नभएको र वातावरण नभएमा दुर्भाग्यपूर्ण अवस्था हुने बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री विमलेन्द्र निधि, (एमाले) को तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरू वर्षमान पुन, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी राजपाका तर्फबाट नेताहरू महन्त ठाकुर, महेन्द्र राय यादव र शरदसिंह भण्डारीको सहभागिता थियो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति